Aamsanchar

गुप्तेश्वरी जङ्गलमा भिरबाट लडेर एक जनाको मृत्यु

Author Image
शुक्रवार, फागुन १४, २०७७

प्रतिकात्मक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौँडा–१२ स्थित गोठेदमार बस्ने अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उहाँका अनुसार विकको गुप्तेश्वरी जङ्गलमा भिरबाट लडेर गए राति नै मृत्यु भएको हो । विक भिरबाट करिब २०० मिटर तल खसेका थिए । प्रवक्ता रानाका अनुसार, मृतक विकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर