Aamsanchar

प्रतिष्ठा बचाउन (एक खर्ब तीन अर्ब) घाटा सहन तयार हुण्डाइ कम्पनी

Author Image
शुक्रवार, फागुन १४, २०७७

काठमाडौं। हुण्डाइले विश्वभरबाट ८२ हजारवटा इलेक्ट्रिक कार फिर्ता गर्ने भएको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार इलेक्ट्रिक (विद्युतीय) कारको ब्याट्रीमा देखिएको खराबीका कारण हुण्डाइले विश्वभरबाट कार फिर्ता मगाएको हो।

उत्पादितमध्ये सानो संख्याको कारमा देखिएको खराबीलाई मध्यनजर गर्दै ठूलो संख्यामा कार फिर्ता मगाएको बताइएको छ। फिर्ता मगाइएका कारमा लगाइएको ब्याट्री बदलिनेछ।

विश्वभरबाट ८२ हजारवटा कार फिर्ता मगाउँदा नौ सय मिलियन अमेरिकी डलर (करिब एक खर्ब तीन अर्ब रूपैयाँ) खर्च हुन्छ। एउटा कार फिर्ता गर्दाको लागत ११ हजार डलर (करिब १२ लाख ६५ हजार रूपैयाँ) पर्न आउने बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर