Aamsanchar

भाले जुधाई खेलमा आफ्नै भालेको लात्ती लाग्दा मालिकको मृत्यु

Author Image
सोमवार, फागुन १७, २०७७

भारतको तेलङ्गाना राज्यमा कुखुराको भालेको जुधाइ (खेल) का क्रममा एक जनाको ज्यान गएको छ । कुखुराको भालेको अवैध जुधाइका लागि एक भालेको पन्जामा चक्कुबाँधिएको थियो । त्यो कुखुराले भाग्ने कोसिस गर्दा उसको पन्जामा बाँधिएको चाकुले उसकै मालिक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएपछि उनलाई अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

यो घटनापछि प्रहरीले यस भाले जुधाइमा सहभागी १५ जनाको खोजी गरिरहेको छ । यो कार्यक्रम तेलङ्गानाको लोतुनुर गाउँमा यसै हप्ताको सुरुवातमा भएको थियो ।

ती मालिकको ज्यान गएपछि कुखुराको भालेलाई प्रहरी कार्यालय लगिएको र त्यहाँबाट एक फार्ममा पठाइएको बीबीसीमा उल्लेख छ ।

भारतमा कुखुराको भाले जुधाइमा सन् १९६० देखि प्रतिबन्ध लगाइएको थियो तर तेलङ्गानाको ग्रामीण क्षेत्रसमेत केही ठाउँमा यो जुधाइ अझै पनि गराइँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर