Aamsanchar

करणी मुद्दामा झापाकी एक महिला पक्राउ

Author Image
बिहिवार, फागुन २०, २०७७

झापा । मानव ओसारपसार र जबरजस्ती करणी मुद्दामा कैद फैसला भई फरार रहेकी एक महिला पक्राउ परेकी छन् । झापा गौरीगञ्ज–६ की २६ वर्षीया रविना राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २०७६ साल असार ३० गते जिल्ला अदालत झापाले मानव ओसारपसार र जवरजस्ती करणी मुद्दामा ११ वर्ष कैद र १ लाख रुपैयाँ जरीवानाको फैसला गरेको थियो । तर, उनी अदालतको फैसला अघिनै उनी फरार थिइन् ।

उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई अदालतमा उपस्थित गराइएको र पीसीआर परीक्षणको रिपोर्ट आएपछि कारागार पठाउने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर