Aamsanchar

बलात्कार, हत्या विरुद्ध समिक्षाको ‘न्यायको खोजी’

Author Image
बिहिवार, फागुन २०, २०७७

पाँचथर । नेपालमा बलात्कार तथा बलात्कार पछि हत्या जस्ता जघन्य अपराध बढ्दै गएपछी बलात्कार विरुद्ध एकाङ्की नाटक “न्यायको खोजी“ सार्वजनिक भएको छ ।

समिक्षा न्यौपानेको लेखन तथा अभिनय रहेको नाटक मिडिया कनेक्सन युट्युब मार्फत सार्बजनिक गरिएको छ ।

समिक्षा र आफ्नो परिवारमा परेको बज्रपात, १३ वर्ष अघि मृत भेटिएकी दिदिको न्याय खोज्दै समिक्षाले न्यायको खोजी नामको भिडियो बनाएको बताएकी छन् ।

बलात्कार पछि हत्या भएर पनि न्याय नपाएर भड्किएको आत्माको रोलमा चुर्मुम्म डुबेर समिक्षाले अभिनय प्रस्तुत गरेकी छन् । उनी फिदिम माध्यमिक विद्यालय पाँचथरमा कक्षा–८ मा अध्ययनरत छात्रा हुन् ।

भिडियो हेर्नुहोस् ।

https://youtu.be/8DJJQcQFy2E

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 417

प्रतिक्रिया (०)

सम्बन्धित खबर