Aamsanchar

विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएकोमा प्रचण्डद्वारा खुसी व्यक्त

Author Image
शनिवार, फागुन २२, २०७७

काठमाडौं – नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गरेका छन् । अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको उनले सुनाए ।

शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव समूहका केही नेताहरुलाई पनि पार्टी प्रवेश गरेका छन् । ‘विप्लव अन्ततः मैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु’ उनले भने, छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु ।’ विप्लव आफूबाट अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको उनले स्मरण गरे ।

अहिले विप्लव आफूले हिँडेकै बाटोमा आएकामा खुसी व्यक्त गर्दै उनले भने, ‘मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्तत, यही लाइन र यही टिममा आउनैपर्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर