Aamsanchar

कटुवा पेस्तोल र तीन थान गोलीसहित राजविराजबाट दुई युवक पक्राउ

Author Image
आइतवार, फागुन २३, २०७७

राजविराज – सप्तरीको राजविराजबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । हातहतियार खरखजाना मुद्दामा ११ महिना कारागारमा थुनामा रहेका सप्तरीको बिष्णुपुर गाउँपालिका–७ का २० वर्षीय महेशकुमार शर्मासहित दुई युवक पक्राउ परेको एसपी राजेन्द्रप्रसाद धमलाले बताए ।

स.७ प ९६७० नम्बरको मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार बिष्णुपुर गाउँपालिका–५ का १९ वर्षीय प्रमोद साहलाई राजविराज नगरपालिका–६ बाट पक्राउ गरिएको एसपी धमलाले बताए । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय राजविराजको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शर्माको साथबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको छ ।

शर्मा यसअघि ०७४ जेठ १३ गते एक थान कटुवा पेस्तोल र सो मा लाग्ने तीन थान गोलीसहित पक्राउ परेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर