Aamsanchar

विराटनगर महानगरपालिकाका मेयर र उपमेयरको राजीनामा माग्दै सुकुमबासीहरुको प्रदर्शन

Author Image
आइतवार, फागुन २३, २०७७

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर तथा उपमेयरको राजीनामा माग्दै सुकुमबासीहरुले महानगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। आफूहरुलाई उठीबास लगाउन खोजिएको भन्दै विराटनगरस्थित गोग्राहाका सुकुमबासी प्रदर्शनमा उत्रिएका हुन्। 

विराटनगर महानगरपालिका–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा ४० वर्षदेखि बस्दै आएका सुकुमबासी परिवारलाई जबरजस्ती हटाउन खोजिएको करिम अन्सारीले बताए। ‘शुक्रबार १२ बजे घर खाली गर्नु भन्ने पत्र आयो,’ उनले भने, ‘पत्र आएको ३ घण्टामा डोजर आयो। नगर प्रहरी, वडा प्रहरी साथै जनप्रतिनिधिसहित हुनुहुन्थ्यो। हामीले विरोध जनाएपछि उनीहरुले घर भत्काएनन्,’ उनले थपे।

अनसारीका अनुसार महानगरको पत्रमा सार्वजनिक जग्गा मिचेर घर निर्माण गरिएको उल्लेख छ। आफूहरुले निर्माण गरेको जग्गामा घर निर्माण हुँदा आजसम्म कसैलाई कुनै खालको अप्ठयारो नभएको उनीहरुको दाबी छ। 

उनीहरुले ‘भूमाफियालाई कारबाही गरौँ’, ‘सुकुमबासीहरु एकजुट हौँ।’ ‘सुकुमबासी समस्या समाधान गर’ लेखिएको प्ले–कार्डसहित विरोध प्रदर्शन गरेका  थिए।  शुक्रबार अपराह्न नगर प्रहरीहरु डोजरसहित सुकुमबासीको बस्तीमा प्रवेश गरेपछि स्थानीय आन्दोलित भएका थिए। यसबारे विराटनगर महानगरपालिकाका मेयर तथा उपमेयर साथै सुकुम्बासीका प्रतिनिधिबीच छलफल भइरहेको महानगरले जनाएको छ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर