Aamsanchar

बिर्तामोडको देवी पञ्चकन्या टोलमा प्रदेश १ कै ठुलो शिव प्रतिमा, २७ गते अनावरण गरिने

Author Image
सोमवार, फागुन २४, २०७७

चारपाने । झापाको बिर्तामोड –१ देवी पञ्चकन्या टोलमा कैलाशेश्वर महादेवको प्रतिमा स्थापना गरिएको छ ।

कैलाशेश्वर महादेव प्रतिमा स्थापना निर्माण समितिले नागरिकस्तरबाट ३६ फुटको कैलाशेस्वर महादेवको प्रतिमा स्थापना गरेको हो ।

प्रदेश नं. १ कै ठूलो मानिएको उक्त प्रतिमाको महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २७ गते अनावरण गरिने कैलाशेश्वर महादेव प्रतिमा स्थापना निर्माण समितिका अध्यक्ष दिपककुमार दाहालले जानकारी दिए ।

गुरु योजना बनाएर नमुना सडक, धार्मिक, पर्यटकिय स्थलको रुपमा विकास गर्ने सुरु गरिएको पहिलो काम ३६ फुटको कैलाशेश्वर महादेवको प्रतिमामा नौ फुटको जग र २७ फुटको महादेवको प्रतिमा राख्ने काम सम्पन्न भएको बताउँदै अध्यक्ष दादहालले उक्त प्रतिमा कलात्मक र सौन्दर्यताको हिसावले प्रदेश नं.१ कै सवैभन्दा ठूलो र सुन्दर रहेको दावी गरे ।

उद्घाटन समारोहका दिन विश्वको प्रथम महिला जगत्गुरु शंकराचार्य हेमानन्द गिरीले कैलाशेश्वर महादेव प्रतिमाको अनावरण गर्ने कार्यक्रम रहेको र उक्त दिन शिव पूजा, अर्चना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुद्वारा धार्मिक सांस्कृतिक कार्यक्रम र साँझमा शिव आरती र शिवधुनी समेत जगाउने कार्यक्रम रहेको बताईएको छ ।
त्यस्तै कैलाशेश्वर महादेव प्रतिमा स्थापना निर्माण समितिले देवी पञ्चकन्या टोल प्रवेश गर्न स्वागतद्वार निर्माण गरेको छ ।

स्वागतद्वार र कैलाशेश्वर महादेवको प्रतिमा स्थापना गर्न ३४ लाख रुपैयाँ खर्च भएको र उक्त रकम टोलवासीबाट संकलन गरिएको कैलाशेश्वर महादेव प्रतिमा स्थापना निर्माण समितिका सचिव युवराज युवराज दाहालले बताए । स्वागत द्वार र

कैलाशेश्वर महादेव प्रतिमा स्थापना र स्वागतद्वार निर्माणका लागि दिपककुमार दाहालको अध्यक्षतामा कैलाशेस्वर महादेव प्रतिमा स्थापना निर्माण समिति गठन गरिएको छ । समितिका सचिवमा युवराज दाहाल रहेका छन् भने सदस्यहरुमा निर्जला प्रसाईं, गोपाल खतिवडा , पुनम पोखरेल , रुपनारायण पाण्डे र कुमार कडरिया रहेका छन् ।

कार्यक्रममा सहभागि राजेन्द्रकुमार थापा , हरिप्रसाद भण्डारी , टीका संग्रौला , निर्जला प्रसाईं लगायतले कैलाशेश्वर महादेव प्रतिमा स्थापनाले देवी पञ्चकन्या टोलको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिलाउने बताए ।

भिडियो

यस्तो छ गुरु योजनाको नमुना ।  

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर