Aamsanchar

विराटनगरमा डेराबस्दै आएका भीखमप्रसाद ओछ्यानमै मृत फेला

Author Image
सोमवार, चैत २, २०७७

विराटनगर – विराटनगरमा राजमिस्त्रीको काम गर्दै आएका एक व्यक्ति आइतबार राती सुतिरहेको ओछ्यानमै मृत फेला परेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका–१६ घर भएका ५० वर्षीय लम्बु दाइ भनिने भीखमप्रसाद मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

उनका अनुसार भीखमप्रसाद विराटनगर महानगरपालिका–१३ की सीता घिमिरेको घरमा कोठा भाडामा लिएर एक वर्षदेखि डेरा बस्थे। डेरा बसेकै घरको कोठामा भित्रबाट ढोकाको चुक्कुल लगाएर सुतिरहेका उनलाई ओछ्यानमै मृत फेला पारिएको डीएसपी राईले बताए। बाहिरबाट साथीहरुले बोलाउँदा नबोलेपछि चियाएर हेर्ने क्रममा मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको जानकारी उनले दिए।

विराटनगरमा बस्दै आएका उनी घर लगायतका संरचना निर्माण गर्ने राजमिस्त्रीको काम गर्थे। प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ। तर शरीरमा कुनै चोटपटक भने नदेखिएको डीएसपी राईको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर