Aamsanchar

झापामा बन्दै छ नमूना धार्मिक परियोजना

Author Image
सोमवार, चैत २, २०७७

विर्तामोड । झापाको बिर्तामोड नगरपालिका–१ र अर्जुनधारा नगरपालिका–६ को संगम स्थल विहानी टोलमा निर्माण हुदै गरेको वृहत सदगुरु श्री देवचन्द्र सदनको निर्माणकार्य १० प्रतिशत सम्मन भएको छ ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल सदगुरु श्री देवचन्द्र सदन इकाई समिति बिर्तामोडले सोमबार परियोजना स्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्माण समितिका महासचिव शारदाप्रसाद थपलियाले १० प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन् ।

निर्माणाधिन भवन ।

जिल्लाकै नमूना परियोजनाको रुपमा लिईएको सदगुरु श्री देवचन्द्र सदनमा प्रणामी मन्दिर, पाँच तल्ले अतिथि सदन, हरेक तल्लामा ६ हजार वर्ग फिटको सभाहल, बाईजुराज नामको चार तल्ले भवन, सदगुरु स्थम्भ, कलात्मक प्रवेश द्वार, धार्मिक तथा साँकृतिक प्रतिमाहरु सहित सयौं सवारी राख्ने सकिने पार्किङ तगायतका भौतिक संरचनाहरु परियोजना भित्र समिटिएका छन् ।

परियोजनाको लागि ८ कठ्ठा ३ धुर जग्गा स्वामित्वमा रहेको र २ कठ्ठा ५ धुर जग्गा थपेर १० कठ्ठा ८ धुर जमिन बनाईने लक्ष राखिएको भवन निर्माण समिति अध्यक्ष कृष्णप्रसाद बजगाईंले बताएका छन् ।

देशमै १० स्थान भित्र पर्ने ठुलो परियोजनाको लागि २७ देखि ३२ करोड सम्म लागत लाग्ने प्रविधिक अनुमान गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

परियोजना सम्पन्न गर्नको लागि समाजसेवी धार्मिक दाताहरु, तिनै तहका सरकारी निकायलाई मुख्य आधार मानिएको छ । जस अन्तरगत हाल सम्म सेवा समितिहरुबाट २१ लाख, सरकारी निकायबाट प्राप्त ३३ लाख रकमबाट करिव १० प्रतिशत काम सम्पन्न भएको सदगुरु श्री देवचन्द्र सदन बिर्तामोडका अध्यक्ष हरि कडरियाले बताए ।
श्रीकृष्ण प्रणामी सदगुरु सदन परियोजनाका लागि हरिप्रसाद कडरियाको अध्यक्षतामा रहेको श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल बिर्तामोड इकाई, बिना कुमारी डाँगीको अध्यक्षतामा रहेको श्री कबाइजुराज महिला संघ, दिनोज बजगाईंको अध्यक्षतामा रहेको श्रीकृष्ण प्रणामी यूवा परिषद् गरेर ४ वटा उप समितिका पदाधिकारीहरु क्रियाशिल बनेका छन् ।

प्रथावित परियोजनाको नमुना ।

परियोजनाको उदेश्य
एउटा आकर्षक नमूना पर्यटकिय स्थल । भाईचारा, विश्व बन्धुत्व, छुवाछुत तथा भेदभावरहित समाज निर्माण । सामाजिक तथा सेवामूलक कार्यहरु गर्न समन्वय गरि कार्यसंचालन । स्थानिय सरकार एवम् अन्य स्थायी संघ संस्थाहरुसँग समन्वय गरि सामाजिक तथा सेवामूलक कार्य गर्ने । पर्यावरण संरक्षण सम्बन्धी बृक्षरोपाण । सरसफाई, फोहोर व्यवस्थापन आदि कार्य गर्न जनचेतनामूलक कार्य गर्ने । विभिन्न प्रकारका स्वास्थ्य शिविर, निसशुल्क औषधी वितरण, रक्तदान निशुल्क भोजन जस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्ने । स्वदेशी तथा विदेशबाट आउने व्यक्ती, संघ, संस्थाका प्रतिनिधीहरुलाई भवन हल तथा कोठाहरु उपलब्ध गरोने । धार्मिक तथा साँस्कृतिक कार्यक्रम अन्तरगत विवाह, बूतबन्ध, जन्म उत्सव, जन्म जयन्ती, गोष्ठी, लघुआयमको व्यवस्थाको लागि भवन प्रयोग गर्न सुविधा प्रदान गर्ने । आकर्षण प्रणामी मन्दिर निर्माण गरेर भक्तजनहरुलाई जप, तप, ध्यान, प्रवचन आरती आदि गर्न अभिप्रेरित गर्ने । साँस्कृतिक धार्मिक र प्राकृतिक सम्पदाको जगेर्ना गरि राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने । दुव्र्यसनमुक्त समाज निर्माण गर्ने तथा सेवामुखी समाज निर्माणका लागि समुदायलाई अभिप्रेरित गर्न विभिन्न कार्यक्रम संचालन गर्ने उदेश्यहरु वृहत परियोजनाको बुकलेटमा उल्लेख गरिएको छ ।

परियोजनाको लागि विभिन्न विभाग निर्धारण गरिएको छ । निर्धारित विभागहरुमा खड्गप्रसाद खरेलको संयोजकत्वमा अनुगमन, कृष्णप्रसाद बजगाईंको संयोजकमात्व आर्थिक, चन्द्रबहादुर डाँगीको संयोजकमात्वमा सामाग्री खरिद, टहलदास ओलीको संयोजकमात्वमा सूचना सम्प्रेसण तथा प्रचार प्रसार, तारा खतिवडाको संयोजकमात्वमा सामाग्री सुरक्षा, हरि कडरियाको संयोजकमात्वमा प्रशासनिक तथा सम्पर्क, रेशमराज ढकालको संयोजकमात्वमा प्राविधिक, शारदाप्रसाद थपलियाको संयोजकमात्वमा समस्या निराकरण तथा मूल्यांकन समिति गठन गरिएको छ ।

परियोजनाका लागि बिष्णुकुमार शर्मा कट्टेलले ३ कठ्ठा २ धुर जग्गा उपलब्ध गराएका छन् । त्यसैगरी शर्मा सहित ५३ जनाले भुमी दान दिएका छन् ।

सदगुरु श्री देवचन्द्र सदनका अध्यक्ष हरि कडरियाको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल उपाध्यक्ष पदमप्रसाद पोखरेल, श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल प्रदेश १ अध्यक्ष अनिल ढुङगाना लगायतको अथित्यता रहेको थियो ।

प्रस्थावित परियोजनाका तस्वीहरु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर