Aamsanchar

खैरो हिरोइनसहित इटहरी र बराहक्षेत्रका दुई युवा पक्राउ

Author Image
सोमवार, चैत २, २०७७

झापा । काँकडभिट्टाको मेची पुलबाट लागु औषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ४ बस्ने २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र नगरपालिका ७ घर भई हाल इटहरी उप महानगरपालिका ७ बस्ने २४ वर्षीय लोकनाथ भण्डारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

भारतबाट आउँदै गरेका उनीहरूलाई मेचीनगर नगरपालिका ६ स्थित मेची पुलमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले विशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट ४० ग्राम खैरो हिरोइन बरामद गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ । उनीहरूलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर