Aamsanchar

ताप्लेजुङको दोभानका आगलागी पीडितलाई साढे सात लाख प्रदान

Author Image
आइतवार, चैत ८, २०७७

ताप्लेजुङ – ताप्लेजुङमा घर भई अमेरिकामा बस्दै आएका तीन समाजसेवी तथा व्यवसायीले ताप्लेजुङको दोभानका आगलागी पीडितलाई करिब साढे सात लाख रुपैयाँ संकलन गरी प्रदान गरेका छन्। समाजसेवी तथा रेष्टुरेण्ट व्यवसायी वीरु गुरुङ, नुन चिनी पानी अभियानकर्मी तथा पत्रकार अर्जुन दाहाल र नुन चिनी पानी अभियानकर्मी तथा गायक केशव दाहालको पहलमा संकलित सात लाख ४३ हजार ८८५ रुपैयाँ शनिबार पीडित परिवारलाई वितरण गरिएको छ।

अमेरिकामा रहेका ताप्लेजुङवासीलगायतबाट संकलन भएको रकम समाजसेवी शिवकुमार गुरुङमार्फत आगलागीबाट विस्थापित ५९ परिवारलाई वितरण गरिएको हो। गुरुङले आगलागी क्षेत्रमा पुगेर मेरिङ्देन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको समन्वयमा राहत वितरण गरेका थिए।

आगलागी पीडितलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत संकलन गरी पठाइएको अमेरिकामा रहेका अर्जुन दाहालले जानकारी दिए। गत फागुन १८ गते भएको आगलागीबाट मेरिङदेन गाउँपालिका–३ मा पर्ने दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ५९ परिवार विस्थापित बनेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर