Aamsanchar

सुन्तलाको बोक्राको चिया : यसरी पिउनुहोस् , स्वादिलो मात्र होइन स्वास्थ्यका लागि पनि यस्ता फाइदा

Author Image
मङ्गलवार, चैत १०, २०७७

सामान्यताः धेरैजसो व्यक्तिहरु चियाको सौखिन हुन्छन् । थकावट कम गर्न चिया पिउने गरिन्छ । धेरै जसो व्यक्तिहरु चियामा दूध र चियापत्ती हालेर पिउने गर्छन् । तर, यस्तो चियाको पिउँदा एसिडिटी, ग्यास जस्ता समस्याहरु आउँछन् । दैनिक चिया पिउनेहरुका लागि सुन्तलाको बोक्राको चिया पिउने गर्नुपर्छ । यो चिया स्वादमा मिठो हुने मात्र होइन स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।

आवश्यक सामाग्री :
सुन्तलाको बोक्रा –1/2 
पानी – 1/2 कप
गुड- स्वादअनुसार
ल्वागं -२ देखि ३ वटा
अलैँची -१ देखि २
दालचिनी -१ देखि २ इन्च टुक्रा

चिया बनाउने विधि :
१. सबैभन्दा पहिले सुन्तलाको बोक्रा धुने
२. गुडबाहेक सबै सामाग्री चिया पकाउने भाँडोमा हाल्ने
३. २ देखि ३ मिनेटसम्म उमाल्ने
४.पानीको रगं परिवर्तन नहुँदासम्म पानी तताउने र बाहिर निकाल्ने
५. त्यसलाई कपमा हालेर गुड हालेर पिउने

फाइदाः
सुन्तलाको बोक्रामा एन्टिअक्सिडेन्ट, एन्टिभाइरल, एन्टिक्यान्सर जस्ता गुणहरु पाइन्छन् । यसको सेवनले क्यान्सरको समस्याबाट बचाउँछ । यसका साथै यसले मधुमेह पनि नियन्त्रण गर्छ । यसले मधुमेहको बिरामीको शरीरमा चिनीको मात्रा नियन्त्रण गर्छ । यस्तै, यसले मेटाबोलिज्म बढाएर शरीरमा अनावश्यक बोसो लाग्न दिँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१