Aamsanchar

झापामा फेरि कोरोना देखियो, एक महिलाको मृत्यु

Author Image
बिहिवार, चैत १२, २०७७

कनकाई । गत एक बर्ष देखि सुरु भएको कोरोना कहर क्रमस् कम हुदै गएको अबस्थामा झापामा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ ।

कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ३९ वर्षीया तुलनादेवी मण्डल कोरोना संक्रमणबाट मृत्यु भएको हो । सुरुङ्गा बजारमा पसल चलाउँदै आएकी उनको बिर्तामोड स्थित बिएण्डसी हस्पिटलमा आज बिहान ४ बजे मृत्यु भएको हो।

१० दिनअघि मात्र ती महिला भारत आफन्तकोमा पुगी घर फर्किएकी थिइन् । भारतबाट घर फर्किएसंगै श्वास प्रश्वासमा समस्या देखिएपछि बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई दुईपटक पिसिआर परीक्षण गराउँदा दुवैपटक कोरोना पुष्टि भएको थियो ।

त्यसपछि थप उपचारका लागि बिएण्डसी रेफर गरिएको थियो । मृतकको शवलाई नेपाली सेनाको सहयोगमा कन्काई माईमा अन्त्येष्टि गरिएको कनकाई नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । यो मृत्युसंगै झापामा कोरोनाको त्रास पुनः बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर