Aamsanchar

पहिलो पटक १० प्रकारका तरकारी र फलफूलमा तोकियो विषादीको अधिकतम् सीमा

Author Image
शुक्रवार, चैत २७, २०७७

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलो पटक १० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा तोकेको छ । स्याउ, केरा, करेला, भान्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा(म्याक्सिमम रेजिड्यु लिमिट)तोकिएको हो ।

गुणस्तर निर्धारण आदेश मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि राजपत्रमा सूचना प्रकाशित भएर कार्यान्वयनमा आएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । नयाँ मापदण्डले आयातित र स्वदेशी तरकारी तथा फलफूललाई समेट्ने उनले बताए । विभागले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार स्याउ र केरा गरी दुई प्रकारका फलफूल, भन्टा, करेला, काउली, बन्दा, आलु, भिन्डी र गोलभेंडा गरी सात वटा तरीकार एउटा चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा तोकिएको छ ।

नयाँ मापदण्डअनुसार केरामा ४२, स्याउमा २७, भन्टामा २१, करेलामा १, बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकिएको छ । यस्तै आलुमा ७१, काउलीमा १३, भिण्डीमा ३ र गोलभेंडामा ७४ तथा चियामा १९ वटा अवशेषको अधिकतम सीमा निर्धारण भएको छ ।

उल्लेखित सीमाभन्दा बढी मात्रामा विषादी प्रयोग गरेको पाइए खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ । बोडी, सिमी, परवर, भेंडेखुर्सानी, काँक्रो, घिरौंला, प्याज, हरियो फर्सी, पाकेको फर्सी र रायोको साग तथा सुन्तला, आँप र अंगुरको पनि थप जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारणबारे अध्ययन भइरहेको विभागले जनाएको छ ।

यस्तै आल्मोन्ड्स, बदाम, हेजलट्स, ब्राजिलनट्स, पिस्ता, दूध र स्याउको जुसको माइकोटक्सिनको अधिकतम सीमा पनि विभागले थप गरेको छ । यी पदार्थमा हुने ढुसीका कारण उत्पन्न हुने प्राकृतिक विषको मात्रा नेपालमा पहिलो पटक तय भएको प्रवक्ता महर्जनले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१