Aamsanchar

कब्जियतको समस्या भएकाहरुले के खानुहुँदैन ?

Author Image
शनिवार, चैत २८, २०७७

कब्जियत यस्तो समस्या हो जसले अन्य रोगहरुलाई निम्ता दिन्छ । एकपटक कब्जियतको समस्या सुरु भयो भने यो सजिल्यै निको हुँदैन । कब्जियतको समस्याबाट हैरान भएकाहरु औषधिको साहारा लिने गर्छन् । तर, कब्जियतको समस्यामा औषधिको सेवन गर्नु राम्रो मानिँदैन । यसले कब्जियतको समस्यामा झनै गडबढी ल्याउँछ । समस्यामा सही खानपान र व्यायाम जस्ता बानीले यसको समस्या पनि कम हुन्छ । तर, कब्जियतको समस्या भएकाहरुले केही यस्ता खानेकुरा खानुहुँदैन जसले कब्जियतको समस्या झनै बढाउँछ ।

काँचो केरा
कब्जियतको समस्या हुनेहरुले काँचो केराको सेवन गर्नुहुँदैन । काँचो केराले झनै कब्जियत बढाउँछ । भने, पाकेको केराले कब्जियत कम गराउँछ ।

दूधका परिकार
यदि हरेक दूधबाट बनेका परिकार खाने गरिन्छ भने यस्ता परिकारबाट पनि कब्जियतको समस्या आउँछ ।

 

तारेको, भुटेको खानेकुरा
तेलमा तारेको वा भुटेको खानेकुरा खाँदा कब्जियतको समस्या धेरै हुन्छ । यस्ता खानेकुरामा फाइबरको मात्रा कम हुने भएकाले कब्जियत झन् बढ्छ । चिप्स, कुकिज, चकलेट र आइसक्रिम जस्ता खानेकुराको कारण कब्जियत झन् बढ्छ ।

 

रातो मासु
रातो मासुको सेवनले पनि कब्जियत बढाउँछ । यसमा फाइबरको मात्रा कम हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१