Aamsanchar

आज तेल लगाउने र नीमको पात खाने दिन

Author Image
मङ्गलवार, चैत ३१, २०७७

नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । नयाँ वर्षलाई स्वागत गर्ने अनेकन तरिकाहरु छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता हामी कहाँ छ ।

जुटशित्तल, सिरुवा, नयाँ वर्ष, नयाँ साल लगायत थुप्रै नामले नव वर्षलाई चिनिन्छ । राजा बिक्रमादित्यले चलाएको सम्वत्को २०७८ औं संस्करणमा पाइला चाल्दा तपाई हामी सबै साथ छौं । साल फेरिँदै जान्छन्, शताब्दी थपिँदै जान्छन् । अनि फरक हुँदै जान्छन् सामाजिक आयामहरु । बस मानिस–मानिसबीचको नाता अनि स्नेहमा कमी नआओस्, हाम्रो कामना यही छ ।

कुनै पनि चाड शुरु हुन अगावै तेल लगाएर उक्त चाडको शुरुवात गर्नु एउटा परम्परागत चलन हो । होली, तिहार लगायत अन्य चाडहरुमा पनि एक दिन अगावै शरीर र कपालमा तेल लगाएर उत्सर्गको औपचारिक शुरुवात गरिन्छ ।

नीमलाई तीतो अमृतका रुपमा चिनिन्छ । नयाँ वर्ष शुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आँउदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्बका रुपमा बुझाउँछ ।

पौराणिककालदेखि नै नीमको रुख, यसको फाइदा अनि यस्का बहुप्रयोगका अनेकन किस्सा र आर्युवेदीय दृष्टान्तहरु पाइन्छ । नीमको पात खानाले पेटका रोगहरु हरण हुने र तेल लगाउनाले शरीर थप मजबूत हुने र मुलायम हुने विश्वास छ । आँउदो नयाँ वर्षले सबैलाई मजबुती र स्वस्थकर जीवन प्रदान गरोस् । चिताएको पुगोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर