Aamsanchar

गर्भवती अवस्थामा धेरै सुते हुनसक्छ गर्भपतन, कति घण्टा सुत्ने ?

Author Image
शुक्रवार, वैशाख ३, २०७८

चिकित्सकहरुले गर्भवती महिलाले पर्याप्त मात्रामा आराम गर्ने सल्लाह दिने गर्छन् । गर्भवती भएको अवस्थामा सही तरिकाले निन्द्रा पुर्याउन अत्यन्त आवश्यक छ । गर्भवती भएको अवस्थामा धेरै जसो महिलाहरु ७ देखि ९ घण्टासम्म सुत्ने गर्नुपर्छ । ९ घण्टाभन्दा बढी वा १० घण्टाभन्दा बढी सुत्ने बानीले शरीरलाई आराम दिलाउँछ ।

मस्तिष्कलाई उर्जावान् बनाउन, शरीरलाई नयाँ उर्जा दिन निन्द्रा आवश्यक छ । निन्द्रा नपुग्ने समस्याले स्वास्थ्यमा गम्भीर समस्या आउने गर्छ । गर्भवती भएको महिलालाई सुरुका पहिलो र तेस्रो महिनामा धेरै थकाई महसुस हुनु सामान्य हो । पहिलो तीन महिनामा रगत र प्रोजेस्टेरोनको मात्रा बढ्छ । जसले गर्दा निन्द्रा धेरै आउँछ । तेस्रो महिलासम्म बच्चाको तौल बढ्ने भएकाले धेरै निन्द्रा पनि लाग्छ । हर्मोनल र मनोवैज्ञानिक परिवर्तन पनि हुने भएकाले यो समयमा आराम त आवश्यक पर्छ ।

एक अनुसन्धानका अनुसार गर्भवती भएको तीन महिनासम्म अत्यधिक निन्द्रा लाग्छ । मिशिगन मेडिसीनको नयाँ अनुसन्धानका अनुसार हरेक राति ९ घण्टाभन्दा बढी सुत्ने बानीले गर्भपतन हुने सम्भावना रहन्छ । अनुसन्धानमा सहभागि महिलाहरुमा गरिएको अध्ययनमा ९ घण्टाबढी निदाउने महिलालाई गर्भपतनको खतरा धेरै थियो । बर्थ पत्रिकामा प्रकाशित एक अध्ययनले निरन्तर लामो समय निदाउने महिलाहरुको गर्भपतन हुने सम्भावना हुन्छ । गर्भवती महिलाका लागि ७ देखि ८ घण्टा सुत्न आवश्यक छ । १० घण्टाभन्दा बढी लगातार निदाउँदा गर्भपतन हुने सम्भावना हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 560

प्रतिक्रिया (०)

सम्बन्धित खबर