Aamsanchar

नेता विश्वप्रकाशको संगीतमा छोरी स्वीकृतिको ‘मिसले सोध्नु भयो’ गीत सार्वजनिक

Author Image
आइतवार, वैशाख ५, २०७८

नयाँ वर्षको अवसरमा ‘मिसले सोध्नु भो’ बोलको गीत युटुवमा सार्वजनिक भएको छ।

स्वीकृति शर्माको शब्द र स्वरमा यो गित बजारमा आएको छ। उक्त गितको संगित स्वीकृतिका बुवा नेपाली काँग्रेसका प्रवक्ता, ऐना कार्यक्रमका संचालक विश्वप्रकाश शर्माले गरेका छन् । एरेन्ज भने महोहर सुनामले गरेका छन्। रेकडिस्ट भोला पौडेल हुन् भने म्युजिकल भिडिओ निर्देशन नवल नेपालले गरेका छन्।

यो गीतमा भगवान देखेकोबारे विद्यार्थी र शिक्षकबीच कुराकानीको प्रसंग छ। शिक्षकको प्रश्नमा जवाफ दिएकी छात्राले आमालाई भगवान् भनेकी छन्।

दोस्रो भगवानका रूपमा बाबालाई चर्चा गरिएको छ। साथै गुरूहरूलाई पनि भगवानका रूपमा गीतमा उल्लेख गरिएको छ। यो गीतको छायांकन काठमाडौं उपत्यकाभित्रकै एक विद्यालयमा गरिएको छ।

म्युजिकल भिडिओमा गायिका स्वीकृति शर्मा, गीता रिजाल, शारदा लुइँटेल, गोपाल घिमरे र बाल कलाकार अन्भेक्सा कटुवालले भूमिका निर्वाह गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 392

प्रतिक्रिया (०)

सम्बन्धित खबर