Aamsanchar

शरीर फिट राख्न सेवन गर्नुस् यी खानेकुरा

Author Image
सोमवार, वैशाख ६, २०७८


स्वस्थ रहनका लागि नियमित रुपमा फिट राख्ने खानेकुरा खाने गर्नुपर्छ । शरीर फिट राखेमा शरीर पनि स्वस्थ रहन्छ । जसका लागि यी खानेकुराको सेवन गर्नुस्ः

दही
दही प्रोटिन र पेट अनुकुल ब्याक्टेरियाले भरिएको हुन्छ । यसमा क्याल्शियम, पौष्टिक तत्व, भिटामिन बी२, भिटामिन बी१२, पोटाशियम र म्याग्नेशियम जस्ता तत्वहरु पाइन्छ । दहीले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ र शरीरलाई स्वस्थ राख्छ ।

दाल
अलग–अलग रङका दालमा भरपुर पोषक तत्व पाइन्छ । दालमा फाइबर, प्रोटिन जस्ता पदार्थहरु पाइन्छ । यसले पाचन तन्त्र स्वस्थ राख्छ, नयाँ कोशिकाहरु निर्माण गर्छ । दालमा भिटामिन ए, बी, सी, ई, म्याग्नेशियम, आइरन र जिंक आदि पाइन्छ ।

मसाला
तरकारीमा प्रयोग गरिने मसलाले स्वास्थ्यलाई निकै फाइदा गर्छ । यसमा दुखाई कम गर्ने, रोगसँग लड्ने, एन्टि अक्सिडेन्ट, रोग प्रतिरोधी क्षमता बढाउने आदि काम गर्छ । बेसार, दालचिनी, मेथी, मरिच जस्ता मसलाहरु खानु फाइदाजनक हुन्छ ।

लसुन
लसुनले स्वास्थ्यमा फाइदाजनक हुन्छ । यसले रक्तचापक कम हुने, कोलेस्ट्रोल जस्ता समस्याहरु कम गर्छ । यसले रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर