Aamsanchar

जसपा अध्यक्ष उपेन्द्र यादव यसकारण ओलीसँग बिच्किए

Author Image
सोमवार, वैशाख ६, २०७८

जनता समाजवादी पार्टी (जसपा) को घरझगडा भुसको आगोझै सल्किएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बिच बढ्दो दुरीले पार्टी विभाजनतिर जाने खतरा बढेको छ ।

अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग मिलेर जान सहमत देखिएपछि यादव बिच्किएका छन् ।

यादव प्रधानमन्त्री ओलीको विपक्षमा देखिएका छन् ।

बालुवाटारले गौर हत्याकाण्डलाई देखाएर उपेन्द्र यादवलाई तर्साउन खोजेको भन्दै जसपाभित्र अर्को हलचल पनि सुरु भएको छ । रौतहटका एकथरी स्थानीयले उक्त घटनाको पुनः छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रधानमन्त्री ओलीलाई २०७७ फागुन २३ मा ज्ञापन पत्र बुझाएका थिए । त्यसैले यादव ओलीसँग थप बिच्किएका छन् ।

यो समाचार आजको साँघु साप्ताहिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर