Aamsanchar

बिर्तामोडमा डब्लु एल डेलिभरीद्वारा फुड आइटमको डेलिभरी सुरु

Author Image
मङ्गलवार, वैशाख ७, २०७८

बिर्तामोड । मानिसको ब्यस्त जीवनशैलीलाई सहज बनाउने उद्धेश्यले काठमाण्डौं पछि झापाको बिर्तामोडमा खाना डेलिभरी सेवा सुरु गरिएको छ । दिनदिनै विश्वमा नयाँ–नयाँ प्रविधिको विकास भएसँगै ब्यस्त रहेको जीवनशैलीमा सहजता दिलाउन डब्लु एल डेलिभरी कम्पनीले फुड आइटमको होम डेलिभरी शुरु गरेको हो । युवा व्यवसायीहरुले नयाँ वर्षको सुरुवातसँगै काठमाडौंलगायत विभिन्न स्थानबाट खाना डेलिभरी सेवा सुरु गरेका छन् ।

जुझारु युवाहरुद्वारा सञ्चालित डब्लु एल फुडले वैशाख १ गतेदेखि माग उनुसारका अर्डर गरिने खाना डेलिभरी सेवा सुरु गरेको हो । पहिलो चरणमा अनलाईन फुड होम डेलिभरी सेवा सञ्चालनमा ल्याउन लागेको हो । अहिले उक्त सेवा काठमाडौ, ललितपुर, भक्तपुर र प्रदेश १ को झापामा बुधबारबाट शुरु गर्न लागिएको छ ।

कम्पनीले डब्लु एल एप समेत सञ्चालनमा ल्याइसकेको छ । डब्लु एल एपमा जीपीएस ट्रयाकीङ सिस्टम प्रयोग गरिएको छ । जहाँ सेवाग्राहीहरुले चाहे अनुरुपका खाना तथा खाजाका परिकारहरु रोजेर अर्डर गर्न पाउने छन् । उक्त एपबाट खाना बाहेकका अन्य सामानहरूको सेवा पनि छिट्टै शुरु गरिने बताइएको छ ।

डब्लुएल डेलिभरी प्रालिद्वारा सञ्चालित डब्लु एलको एप एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट र एप्पल प्रयोगकर्ताले एप स्टोरबाट सजिलै निःशुल्क डाउनलोड गर्न सक्ने जनाइएको छ । साथै वेब साइट बाट पनि चलाउन सहज हुने कम्पनीले जनाएको छ ।

आफूलाई मन परेको रेष्टुरेन्ट तथा होटलबाट अर्डर गरिएको खाने कुराहरू ताजा र सुरक्षित तरिकाले डेलिभरी गरिने सञ्चालक टिमले जनाएको छ । बिर्तामोडमा मुक्तिचोकदेखि ७ किलोमिटर पूर्व–पश्चिम, उत्तर–दक्षिणमा ३०–४५ मिनेट भित्रमा पु¥याउने लक्ष्यका साथ काम भइरहेको सञ्चालक टिमले जानकारी दिएको छ । बिर्तामोडसंग प्रदेश–१ का धरान, इटहरी र विराटनगरमा समेत सेवा सुरु गर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर