Aamsanchar

सुत्नुअघि ल्वाङलाई तातोपानीमा मिसाएर खाँदा शरीरमा यस्ता फाईदा

Author Image
बिहिवार, वैशाख ९, २०७८

ल्वाङ नेपाली भान्सामा प्रयोग हुने मसला हो । यसले खानेकुराको स्वाद बढाउने काम गर्छ । साथै, यसले खानाको पौष्टिकतामा समेत वृद्धि गर्छ । यसमा आयुर्वेदिक गुण पनि हुने भएकाले यसलाई घरेलु औषधिको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । यसको नियमित सेवनले पेटको विभिन्न समस्याहरु कम गर्छ । दाँतको दुखाईमा समेत यसले फाइदा पुर्याउँछ ।

यसमा भिटामिन सी, भिटामिन ई, भिटामिन डी, भिटामिन ए, थियामिन, फोलेट, ओमेगा ३ फ्याटी एसिड जस्ता पौषिक तत्वहरु पाइन्छन् । राति सुत्नुअघि दुई वटा ल्वाङलाई तातोपानीमा मिसाएर खाँदा शरीरमा अन्य फाइदाहरु समेत पुर्याउने चिकित्सकहरु बताउँछन् ।

राति सुत्नुअघि तातोपानीमा दुई वटा ल्वाङ राखेर खाँदा कब्जियत, पखाला, एसिडिटी जस्ता समस्याहरु कम हुँदै जान्छ । भने, पाचन प्रक्रियामा समेत फाइदा पुग्छ । राति सुत्नुअघि तातोपानीमा ल्वाङ हालेर पिउँदा दाँत दुख्ने समस्यामा कमि आउँछ । घाँटीको समस्यामा भएको समयमा तातोपानीमा ल्वाङ हालेर पिउनुपर्छ । हात र गोडा काँप्ने समस्याबाट पीडित भएका व्यक्तिहरुका लागि १ वा २ वटा ल्वाङको नियमित सेवन गर्ने गर्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर