Aamsanchar

उच्च रक्तचाप नियन्त्रण गर्न सेवन गर्नुहोस् यी खानेकुरा

Author Image
शनिवार, वैशाख १८, २०७८

उच्च रक्तचापको कारण ज्यान गुमाउनेहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । उच्च रक्तचापका कारण अन्य रोगहरु समेत लाग्ने सम्भावना रहने भएकाले यसलाई समयमा नै नियन्त्रण गर्न आवश्यक छ । यसका लागि प्राकृतिक औषधिको व्यवस्था गर्न आवश्यक पर्छ ।

केरा
सामान्यतयाः बजारमा सहजै पाइने फलफूलमध्ये केरा पनि एक हो । केरामा पोटाशियम भारी मात्रामा पाइन्छ । एक मध्यम आकारको केरामा ४२२ मिलिग्राम पोटाशियम पाइन्छ । अमेरिकी हार्ट एसोसिएशनका अनुसार पोटाशियमले सोडियमको प्रभाव कम गर्ने र रक्त नलीहरुको भित्तामा तनाव कम गर्छ ।

तरबुजा
गर्मी मौसममा सजिल्यै बजारमा उपलब्ध हुने तरबुजामा सिट्रललाइन नामक एमिनो एसिड हुन्छ । जसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । सिट्रललाइनले शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्न मद्दत गर्छ । नाइट्रिक अक्साइड एक प्रकारको ग्यास हो यसले रक्त नलीमा रगत प्रवाहमा आराम दिलाउँछ । जसको कारण रक्तचाप नियन्त्रणमा आउँछ ।

लसुन
हाइपरटेन्सन कम गर्नका लागि लसुन अत्यावश्यक हुन्छ । लसुन प्राकृतिक एन्टीबायोटिक र एन्टी फंगल खाना हो । लसुनमा हुने एलिसिनले स्वास्थ्यसँग जोडिएका थुप्रै फाइदा पुर्याउँछ । लसुनले शरीरमा नाइट्रिक अक्साइड उत्पादन क्षमता बढाउँछ । यसले रक्त नलीहरुलाई रगत प्रवाहमा मद्दत गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर