Aamsanchar

कोरोनाको कारण यस बर्ष एक करोड ३० लाखले रोजगारी गुमाउने प्रक्षेपण

Author Image
शनिवार, वैशाख १८, २०७८

प्रतिकात्मक तस्वीर ।

काठमाडौँ । आज मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘कोरोना महामारीबाट बचौँ, बचाऔँ, मर्यादित रोजगारी, सामाजिक सुरक्षा लागू गरौँ’ भन्ने नाराका साथ कुनै औपचारीका कार्यक्रम नगरी मनाइँदैछ । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण यस बर्ष कुनै औपचारी कार्यक्रम नगरी मनाउन लागिएको हो । तर नेपालमा क्रियाशील ट्रेड युनियनले सामान्य भर्चुअल कार्यक्रमको आयोजना गर्दै छन् ।

अघिल्लो वर्षको मे १ मा पनि नेपाल लकडाउनको अवस्थामा रहेको थियो । कोरोनाको कहरले देशमा लामो समय जारी बन्दाबन्दीमा सबैभन्दा बढी समस्यामा श्रमिक परेका थिए । नेपालमा मात्र होइन, संसारभरि नै लकडाउनबाट श्रमिक मारमा परेका छन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का अनुसार गत वर्ष कोरोनाका कारण नेपालमा हरेक पाँच जनामा दुई जनाले रोजगारी गुमाएका थिए । ती रोजगारी गुमाएकाले भर्खर रोजगारी पाएको बेला कोरोनाको अर्को भेरियन्ट आएर त्यही रोजगारी पनि खोसिने हो कि रु भन्ने चिन्ता श्रमिकसमक्ष पुनः उत्पन्न भएको छ ।

भर्खर मात्रै अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी) ले कोरोना महामारीका कारण सन् २०२१ मा स्वदेश र विदेश गरेर प्रत्यक्ष रूपमा सातरआठ लाखले रोजगारी गुमाउने अवस्था आउने प्रक्षेपण सार्वजनिक गरेको छ । आईटीयूसीले यस अवधिमा विश्वमा एक करोड ३० लाखले रोजगारी गुमाउने प्रक्षेपण गर्दै नेपाल जस्ता श्रमिक निर्यात गर्ने देश अझै बढी प्रभावित हुने अनुमान गरेको छ ।

आईटीयूसीले कोभिड–१९ का कारण सन् २०२० मा विश्वमा झण्डै दुई करोड ५० लाख रोजगारी गुमेकोमा त्यस अवधिमा १० लाखले नेपालमा रोजगारी गुमाउने प्रक्षेपण गरेको थियो ।

यसैबीच मजदुर दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लगायतले शुभकामना दिदै मजदुरहरुको पेशागत शुरक्षामा जोड दिएका छन् । श्रोत : नेपाल बहस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर