Aamsanchar
Adv top
Adv below_nav

यात्रीको ध्यान खिच्ने शिरिष


झापाको विर्तामोड र मेचीनगर नगरनगरपालिकाको सिमा क्षेत्र बुट्टाबारीमा फूलेको शिरिषको फूल । शिरीषको फूलका बारेमा पारिजातद्वारा रचित उपन्यास पनि रहेको छ । शिरीषको फूल आयुर्वेदमा ओखतीको एक हिस्सा पनि मानिन्छ । मुख्य राजमार्ग हुदै आवतजावत गर्ने यात्रीको यस शिरिषको फूलले ध्यान, दृष्टि खिच्ने गरेको छ ।

शिरीष खयर, बबुल तथा लज्जावती वर्गमा पर्ने माइमोसा जातिको वनस्पति हो । नेपालका तराई भावर, चूरे, भित्रीमधेश र उष्ण पहाडी क्षेत्रमा ७ देखि ८ प्रजातिका शिरीष भेटिन्छन् । टिप्नासाथ ओइलाएर जाने हुनाले शिरीषको फूल अति संवेदनशील वस्तुको प्रतीक मानिन्छ । अरू देव पूजामा प्रतिष्ठित भएपनि गणेशलाई यो फूल चल्दैन । दशैँ–तिहारको बेलादेखि शिरीषका पात झर्न थाल्छन् र फलहरू भने लामा–लामा चेप्टा कोसाका रूपमा रूखैमा पछिसम्म झुण्डी बस्दछन् । रूखैबाट टिपेको कोसामा राम्रो बीउ हुन्छ । कुनै शिरीषको बीउ सय वर्ष पनि बाँच्न सक्छ । वसन्तको आगमनसँगै वृक्षभरी पात झाङ्गिने र गर्मीयाममा निकै भरपर्दो छहारी दिने भएकोले चियावारीमा शिरीष रोप्ने चलन छ । कोसेवाली भएकोले शिरीषले हावाको नाइट्रोजन सोसेर माटोलाई मलिलो बनाउन सहयोग पनि गर्छ । यो ज्यादै गुनिलो वनस्पति हो ।

 

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।