Aamsanchar

धनकुटाको राम्चेस्थित जंगलमा श्रीमान् श्रीमती मृत भेटिए

Author Image
बुधवार, वैशाख २२, २०७८

धनकुटा – जिल्लाको पाख्रिबास नगरपालिका–७ राम्चेस्थित जंगलमा मंगलबार एक दम्पत्ति मृत फेला परेका छन। मृत्यु हुनेमा पाख्रिबास नगरपालिका–६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र २० वर्षीया सृजना गुरागाँई रहेको प्रहरीले जनाएको छ। थापा झुन्डिएको र गुरागाँई भुइमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सन्तुलाल जैशवालले जानकारी दिए। मृतक दुवै श्रीमान श्रीमती पुष्टि भएको जैशवालले बताए। युवकले युवतीको हत्या गरि आफूले आत्माहत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

घटनाबारे बिहान ११ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। श्रीमतीको लास झाँडीमा छोपिएको अवस्थामा फेला परेको घटनास्थलमा रहेका धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले बताए। ‘प्रारम्भिक अनुसन्धानका आधारमा पहिले श्रीमतीको कर्तव्य गरि श्रीमानले आत्माहत्या गरेको हुनसक्ने देखिन्छ’ उनले भने,‘घटनाबारे थप अनुसन्धान गरेपछि मात्रै यथार्थ बाहिर ल्याउने छौँ।’ काठमाडौं बस्दै आएका थापा केहि दिन पहिले घर आएको खुलेको छ।

माइतमा रहेकी श्रीमतीलाई साथमा लिएर चार दिन पहिले हिडेका दुवै मंगलबार मृत फेला परेका प्रहरीको भनाइ छ। मृतकको साथबाट राहदानी, नागरिकता लगायतका सामग्री फेला परेको छ। कलिलै उमेरमा विवाह गरेका दम्पत्तिको पाँच वर्षीय छोरा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर