Aamsanchar

झापामा अस्जिन अभाव : लुकाएर राखेको र प्रयोग विहिन अस्जिन सिलिन्डर खोजीकार्यमा प्रसाशन र सामाजिक संस्था

Author Image
शनिवार, वैशाख २५, २०७८

चन्द्रगडी ।  झापामा अक्सिजनको अभाव भए पछि अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन गरिएको छ ।

लुकाएर राखिएका र प्रयोग विहिन अवस्थामा रहेको अक्सिजनका सिलिन्डर दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ । मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताए ।

विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर सङ्कलन गरी डिलरमा पु¥याएको छ ।

दमकको मातृका ट्रेडर्स र विर्तामोडको कपुरी ब्रदर्स तथा जलकन्या ट्रेडर्समा ती सिलिन्डर रिफिलका लागि पठाइएको थापाले जानकारी दिए । उनले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको बताए ।

सङ्कलन गरिएका सिलिन्डर निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जनाएका छन् । “जुन अस्पतालमा अक्सिजन अभाव हुन्छ, त्यहीँ उपलब्ध गराउँछौँ”, प्रजिअ तिम्सिनाले भने, “अक्सिजन अभावमा सङ्क्रमितलाई सकस नहोस् भनेर उद्योगधन्दाका सिलिन्डर सङ्कलन गर्न थालेका हौँ ।”

जिल्लामा आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०३ रहेको छ । मेची प्रादेशिक अस्पतालमा रहेको ७५ शैयाको कोभिड अस्पतालमा ५० शैया सङ्क्रमितले भरिसकेको छ ।

उता समुदाय संघ संस्थाहरुको सहकार्यमा गतबर्ष नै स्थापना गरिएको एकका लागि एक अभियानले यस बर्ष पनि कोरोनाबाट बाच्न र बचाउन अक्सिजन व्यवस्थान लगायत जनहितका लागि विभिन्न कामगर्ने योजना आयोजित भर्चुअल छलफलबाट बनाईएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले आमसंचारलाई बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर