Aamsanchar

कर्नाटकी ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै

Author Image
सोमवार, वैशाख २७, २०७८

भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक महिलाले विवाहको विज्ञापन दिएकी हुन् ।

उनको विज्ञापनमा एक ६९ वर्षीय वृद्धले प्रतिक्रिया पनि दिएका छन् ।​ विज्ञापनमा उनले आफूभन्दा बढी उमेरका जीवनसाथीको कुरा गरेकी छन् । महिलाले आफ्नो विज्ञापनमा आफूले एक्लो जीवन बिताइरहेको र उनलाई जीवनसाथीको खोजी भएको बताएकी छन् ।

ती महिलाको पहिलाका श्रीमान्सँग सम्बन्धविच्छेद भएको र पहिलो विवाहमा आफ्नो अनुभव निकै भयानक भएको बताएकी छन् । यो विज्ञापनले धेरैको ध्यान आकर्षित गरेको छ । युवाहरुले ती वृद्धा महिलाको निर्णय र विज्ञापनलाई सकारात्मक लिएको पाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 407

प्रतिक्रिया (०)

सम्बन्धित खबर