Aamsanchar

सशस्त्रलाई इटाभट्टा रोट्रयाकको सुरक्षा सामग्री

Author Image
मङ्गलवार, जेठ ४, २०७८

मेचीनगर । कोभिड १९ को नियन्त्रण र रोकथाममा अग्रभागमा सक्रिय सुरक्षाकर्मीहरुलाई सोमबार स्वास्थ्य सामग्री प्रदान गरिएको छ । बैंक अफ काठमाण्डौको सहयोगमा रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलले मेचीनगर —५ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट नकलबन्दालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

क्लबका अध्यक्ष इञ्जिनियर विवेक श्रेष्ठ र मेची उद्योग बाणिज्य संघका सदस्य युवा व्यवसायी दीपेन्द्रराज पाण्डेले सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट नकलबन्दाका प्रमुख विओपी पति पशुपति पुरीलाई पल्स अक्सिमिटर र तापक्रम मापन गर्ने थर्मल गन एक/एकथान, मास्क २ सय थान,सेनिटाइजर १० थान र फेस शिल्ड १३ पिस वितरण गरेको क्लबका कोषाध्यक्ष विवेक बुढाथोकीले जानकारी दिनुभयो ।

क्लबले यसअघि काँकरभिट्टा तथा इटाभट्टामा रहेका केही सुरक्षाकर्मीललाई ३ सय थान मास्क, ९ पिस फेस शिल्ड र ७ लिटर सेनिटाइजर प्रदान गरेको थियो । कार्यक्रममा बोल्दैं अध्यक्ष इञ्जिनियर श्रेष्ठले रोट्रयाक सामाजिक उत्तरदायित्व बहन गर्नबाट कहिले पछि नहट्ने भएकाले अहिले विश्वमा महामारीका रुपमा रहेको कोभिड १९ नियन्त्रण र रोकथाममा पनि अग्रसर रहेको र साथ सहयोग उपलध गराउने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

मेची उद्योग बाणिज्य संघका सदस्य युवा व्यवसायी दीपेन्द्रराज पाण्डेले रोट्रयाकले निक्कै प्रशंसनिय काम गरेको भन्दैं अहिले हरेकक्षेत्र कोभिड १९ नियन्त्रण र रोकथाममा एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । विओपी पति पशुपति पुरीले यस्ताखालका कार्यले हरेक सरक्षाकर्मीलाई काम गर्न उर्जा थप्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर