Aamsanchar

याद गर्नुहोस् यी खानेकुरा कहिल्यै बिग्रिदैन

Author Image
सोमवार, जेठ १०, २०७८

कहिलेकाँही भान्सामा खानेकुराको मिति सकिएका कारण फाल्नुपर्छ । प्याकेटमा राखिएको खानेकुरामा लेखिएको मिति सकिएपछि खानु स्वास्थ्यका लागि बेफाइदाजनक मानिन्छ ।  तर, भान्सामा पाइने केही खानेकुरा कहिल्यै सड्दैन । त्यस्ता खानेकुरामा नुन, मह, चामल, चिनी आदि पर्छन् । 

नुन
दैनिक खानामा प्रयोग हुने नुन कहिल्यै बिग्रिदैन । तर, लामो समयसम्म राख्दा यसमा मिसाइएको आयोडिनको आयु भने निश्चित हुने गर्छ ।

मह
महलाई लामो समयसम्म भण्डारण गरेर राख्न सकिन्छ । यसले ब्याक्टेरियालाई सुख्खा बनाउँछ । मह आफ्नो लागि आफै संरक्षक बन्छ । जसले गर्दा यो लामो समयसम्म बिग्रिदैन । 

सेतो चामल
सही तरिका, हावामा सही सन्तुलन र सही तापमा राखिएको चामल लामो समयसम्म भण्डारण गर्न सकिन्छ । यसमा तेलको मात्रा कम हुने भएकाले लामो समयसम्म राख्दा पनि बिग्रिदैन । 

चिनी
चिनी भान्सामा नभई नहुने खानेकुरामा पर्छ । चिसो र तातोबाट बचाउन सकियो भने चिनी लामो समयसम्म पनि बिग्रिदैन । 

पास्ता 
रिफाइन गरिएको आटा र मैदाबाट बनेका यस्ता खानेकुराहरु लामो समयसम्म पनि बिग्रिदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१