Aamsanchar

सास गन्हाउने समस्याबाट बच्ने उपाय

Author Image
आइतवार, जेठ १६, २०७८


सुत्नुभन्दा अगाडि दाँत माझ्ने : यदि तपाइले दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, सास गन्हाउने समस्या र विभिन्न किसिमका दन्तरोगहरूबाट पनि बच्न सकिन्छ ।बेलुका सुत्नुभन्दा अगाडि र बिहान उठेपछि दाँत माझ्नाले सास गन्हाउने समस्या कम हुँदै जान्छ ।

ल्वाङ सेवन : यदि तपाइको सास गन्हाइ रहन्छ भने बेला बेला मुखमा ल्वाङ राख्ने बानी गर्नुहोस । यसले सासमा ताजापन ल्याउँछ ।

नुनपानी : मनतातो पानीमा नुन हालेर दिनमा दुई पटक कुल्ला गर्नुहोस । यसले जिब्रो सफा हुनुका साथै जिब्रोमा जम्मा भएका ब्याक्टेरियाबाट टाढा राख्दछ ।

सुत्नुभन्दा अगाडि पानी पिउनुहोस : राति सुत्दा शरीरमा पानीको कमी भयो भने पनि सास गन्हाउने समस्या देखापर्दछ । त्यसैले दैनिक कम्तीमा पनि ४ लिटर पानी पिउनुहोस । जसले गर्दा सास गन्हाउने समस्यामा कमि आउँछ ।

ताजा खनेकुरा खाने :  ताजा र प्रशस्त पानी पाइने फलफूल, जस्तै गाँजर, काँक्रो, स्याउ, आदि दैनिक खानुभयो भने पनि सास गन्हाउने समस्यामा कमी आउँछ ।

पुदिना पानीले कुल्ला गर्नुहोस : पिसेको पुदिनालाई पानीमा घोली दैनिक कम्तिमा तिन पटकसम्म कुल्ला गर्नुहोस । यसले सासलाई ताजा राख्दछ ।

गुलियो खानेकुरा कम खानुहोस : गुलियो खानेकुराहरू खाइसकेपछि मुखमा केहि कणहरू बाँकी हुन्छन । जसप्रति ब्याक्टेरिया पनि छिट्टै नै आकर्षित हुने गर्दछन र ती ब्याक्टेरियाहरू एसिडमा परिणत भई सास गनाउने जस्ता विभिन्न समस्याहरू देखा पर्दछन ।

नरिवलको तेल : बिहान दाँत माझ्नु अघि नरिवलको तेलले मुख कुल्ला गर्नुहोस । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुहोस । जसले सास गन्हाउने समस्या कम गर्दछ ।

घ्यूकुमारीको रस : घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एकहप्ता सम्म घ्यकुमरीको जुसले मुख कुल्ला गर्नाले सास गन्हाउने समस्याबाट छुटकरा पाउन सकिन्छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 336

प्रतिक्रिया (०)

सम्बन्धित खबर