Aamsanchar

कोभिड रेस्पोन्स टिमको सहजिकरणमा झापा गाउँपालिकालाई अक्सिजन सिलिण्डर

Author Image
बुधवार, जेठ १९, २०७८

शरणामती। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै झापामा कोभिड रेस्पोन्स टिमले स्वयंसेवीको भुमिका निर्वाह गर्दै आइरहेको छ।यसै अनुरुप टिमले झापा गाउँपालिकाको अस्थाई आइसोलेसनलाई समेत दुई थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ।

आइसोलेसनलाई टिमको सहजिकरणमा श्री सत्य साई सेवा संगठन नेपालको प्रदेश समिती १ (क) ले दुई थान सिलिण्डर प्रदान गरेको छ।टिमले पालिकामा कोभिडको अबस्थाबारे चासो राखेर अहिलेको अबस्थामा अक्सिजन चाहिने भएपछी आइसोलेसनमा कार्यरत डाक्टर धर्मेन्द्र मण्डल र स्वास्थ्यकर्मी अन्जु थपलियालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको बताइएको छ।टिमले आउँदा दिनमा समेत अन्य सहयोग चाहिए सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गरेको छ।

टिमका संयोजक दिपक दास लगायतको टिमले झापाका अन्य स्थानिय तहमा समेत कोरोनाको अबस्था बुझ्दै स्वास्थ्य सामग्री बितरणमा सहकार्य गरिरहेको छ।टिमले मंगलबार नै जिल्लाका विभिन्न स्थानिय तहलाई २५ थान अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य समग्री बितरण गरेको छ।

सुरुवाति कोठा नेपाल, एसएन जेडि, क्विक रेस्पोन्स सेण्टर, जिल्ला युवा परिषद झापा, रोटरी क्लब अफ बिर्तामोड मिड्टाउन,चेम्बर अफ कमर्स झापा, आदर्श स्कुल अफ मेनेजमेण्ट लगायतका संस्थाहरुले अभियान लाई प्रत्यक्ष रुपमा सहकार्य गर्दै आइरहेको छ।अभियानलाई रेड्क्रस बिर्तामोड शाखाले प्राबिधिक सहयोग पुर्याउदै आएको छ ।

टिमले कोरोना भाइरसलाई रोकथाम तथा न्युनिकरण गर्न विभिन्न अभियान चलाएको छ।टिमले द्रुत उद्दार,रक्तदान,प्लाज्मा दान समेतको अभियान चलाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर