Aamsanchar

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको ५० वर्षको उमेरमा निधन

Author Image
मङ्गलवार, जेठ २५, २०७८

ताप्लेजुङ – पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको निधन भएको छ। कोरोना संक्रमण भएर उपचार गराइरहेका ५० वर्षीय बरुवालको सोमबार बेलुका अमेरिकाको न्यूयोर्कमा निधन भएको हो। क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपानेका अनुसार बरुवाल १६ दिनदेखि अस्पतालमा उपचाररत थिए।

बरुवाललाई वि।सं। २०७४ सालमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो। बैसाख दोस्रो साता अमेरिका जानुअघि काठमाडौमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो। अमेरिका पुगे लगत्तैको परीक्षणमा भने कोरोना देखिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए। बरुवाल ताहाचल केन्द्रिय क्याम्पस काठमाडौंका सहप्राध्यापक समेत थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर