Aamsanchar

चट्याङले लागेर मोरङमा ३८ वर्षीय युवकको मृत्यु

Author Image
मङ्गलवार, जेठ २५, २०७८

विराटनगर : मोरङमा हावाहुरी र वर्षासहित परेको चट्याङले लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ । चट्याङ्ले लाग्दा बेलबारी नगरपालिका–५ कसेनीका ३८ वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घरको बरण्डामा खाना खाइरहेका बेला घरनजिकै परेको चट्याङ्ले लागेर चौधरी घाइते भएका थिए ।  साँझ ७:३० बजेतिर चट्याङ्ले लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि ल्याउँदै गर्दा राति ८ बजेतिर बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर