Aamsanchar

विर्तामोड नगर कार्य समितिको निर्णय प्रति नेविसंघको आपत्ति

Author Image
बुधवार, जेठ २६, २०७८

विर्तामोड । वीमाको औषधी वितरणपूर्व गरिनुपर्ने टेण्डर आह्वानमा स्थानीयलाई सूचनाको हकबाट बञ्चित राखेकोप्रति नेपाल विद्यार्थी संघ विर्तामोड नगर कार्य समितिले विर्तामोड नगरपालिकाको कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ ।

नेविसंघ नगर समिति सभापति योगेन थापाले एक विज्ञप्ति जारी गर्दै सरोकारलाई सुसुचित हुने अधिकारबाट समेत नगरपालिकाले बञ्चित गरेको कार्यको घोर निन्दा र भत्र्सना गर्नुभएको हो ।
‘पारदर्शी काम गर्न डराउनुपर्ने देखिदैन तर विर्तामोड नगरपालिकाले विर्तामोड नगर अस्पतालको फार्मेसी सञ्चालनको बोलपत्र आह्वानमा अपारदर्शीता गरेकोले नै हालसम्म आधिकारिक धारणा सार्वजनिक नगरिएको प्रष्ट हुन्छ’–विज्ञप्तिमा भनिएको छ–टेण्डर प्रक्रियाको बारेमा आधिकारिक धारणा सार्वजनिक गर्न विर्तामोड नगर कार्यपालिकासमक्ष हाम्रो संगठन जोडदार माग गर्दछ ।’

तत्काल माग पूरा नगरे संगठन जस्तोसुकै आन्दोलनका लागि तयार रहेको चेतावनी समेत विज्ञप्तिमा दिइएको छ । कोरोना परिक्षण गर्ने गराउने भुमिकामा समेत विर्तामोड नगरपालिकाका थुप्रै कमीकमजोरी रहेको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाले संचालनमा नै नरहेका झोले फार्मेसीलाई वीमा बापतको औषधि आपूर्तिको टेण्डर दिएको भन्दै यसअघि नै समाचार सार्वजनिक भएको थियो ।
सञ्चार माध्यममार्फत टेण्डर आह्वान तथा विर्तामोड नगरपालिकाको सूचना बोर्डमा समेत टेण्डर आह्वानको सूचना नै नटाँसी सञ्चालनमा नै नरहेको कालीमा फार्मेसी लाई टेण्डर पारिएपछि यसको सर्वत्र विरोध भएको छ ।

विर्तामोडमा सञ्चालनमा नै नरहेको उक्त फार्मेसी विर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले दर्ता गरेर राखेको र सोही फार्मेसीलाई विना सूचना फर्जी कागजात तयार पारेर टेण्डर पारिएको भन्दै स्थानीय युवाले विरोध जनाउँदै आएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 427

प्रतिक्रिया (०)

सम्बन्धित खबर