Aamsanchar

फुलगाछी सुकुम्बासी बस्तीमा सानो सहयोग, ठुलो खुशी

Author Image
बिहिवार, जेठ २७, २०७८

शरणामती। भाटाले टिन चेपिएका स-साना घर,पानी परेर ओसीलो भएको भुई,घरमा भत्किन आँटेका टाटी। यो दृष्य हो झापा गाउँपालिका-६ स्थित फुलगाछीमा रहेको सुकुम्बासी बस्तीको। जहाँ २३ घर परिवार सुकुम्बासी बस्दछ्न। यहाँका अधिकांस परिवारको जिविकोपार्जन भनेको ज्याला मजदुरी मात्र हो।

ज्याला मजदुरी पाएँ चुल्लोमा आगो बल्यो नभए चुल्लोमा आगो बल्न समेत कठिन हुन्छ। आफ्नो नाममा एक धुर पनि जमिन छैनु फूलमणी हास्दाले बताइनु काम गरे खान पुग्छ नत्र पुग्दैन।

अहिले मुलुक लगायत झापामा समेत कोरोना महामारीका कारण निषेधाज्ञा जारी छ। निषेधाज्ञाका बिच काम नपाएर भोको रहेका २३ घरपरिवारलाई बुधवार गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी,वडाध्यक्ष हरि बहादुर बानियाँ साथै विभिन्न संघ-संस्थाका प्रतिनिधि लगायतलाई साक्षी राखेर प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले खाद्यान्न बितरण गरेको छ।

२३ घर परिवारलाई जनही परिवार २५ केजी जिरा मसिनो चामल,२ केजी दाल,२ केजी नुन,५ थान साबुन,५० थान मास्क र १ बोतल सेनिटाइजर वितरण गरिएको संस्थाका झापा सहजकर्ता छत्र पौडेलले बताए।

‘आँखा खराब छ केही देख्दिन, श्रीमती र म यो घरमा बस्छौ सुकुम्बासी जुटु मुर्मुले भने ’ ‘खोइ कुन संस्थाले खान दिएर गयो, एकदम खुसी लाग्यो।’ अब भने केही दिन चुल्लो बल्छ।’

अर्का स्थानिय मान बहादुर राई ४ घर परिवारलाई पाल्न धौ-धौ पर्ने गरेको बताउछन।‘निषेधाज्ञा छ टाढा काममा जान पनि पाइएन उनी भन्छन गाँसकै अभाव भएको बेला रुपान्तरण केन्द्रले खाद्यान्न राहत दिएकोमा खुसी लाग्यो।’

पहिले यी २३ घर परिवार रानी सामुदायिक वनको परिसर भित्र अव्यवस्थित रुपमा बसोबास गर्थे। ‘बनले २०७४ सालमा बनको दक्षिणी भागमा सारेको हो’ सामुदायिक बनका उपाध्यक्ष कमल गनगाईंले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)