Aamsanchar

लकडाउनमा परिवर्तन भएको कन्याम

Author Image
बिहिवार, जेठ २७, २०७८

पूर्वको प्रमुख मध्येको एक पर्यटकिय स्थल इलामको कन्यामको नाम थाहाँ नहुने सायदै पूर्वेलीहरु कम होलान । कन्यामको चियाबारी देशमै एक नमुना चियाबारी हो । त्यहाँको चियाबारी, मौसम र हरियाली हेर्न देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरुको घुइचो हुने ठाउँ हो कन्याम ।

पर्यटकलाई मनमोहन बनाउने कन्याम यो बर्ष झन आर्कषण बनेको छ । यतिवेलाको लकडाउनकै बिचमा परिवर्तन भएको कन्याम प्रत्यक्ष रुपमा अवलोकन गर्ने मौका र अवस्था पनि छैन । तर लकडाउन अन्त्य भएपछि एक पटक घुम्नको लागि जानै पर्ने ठाउँ बनेको छ कन्याम ।

फराकिलो बाटो, व्यवस्थित फुटपात, ठाउँठाउँमा रमित हेर्ने ठाउँ, त्यहाँ खुलेका होटल रेस्टुरा पर्यटकलाई तान्ने आधार बनेको छ । विगतका दिनमा पटक पटक कन्याम घुम्न जानेहरुले पनि पुन कन्याम नगए बन्याम यात्रा अधुरो हुने गरिको विकास भएको छ । गर्दा के हुदैन र प्राकृतिक कारणले मनमोहन कन्याम यतीकेला भौतिक विकासले विदेशी पर्यटक स्थल भन्दा कमको देखिएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर