Aamsanchar

कोरोना भ्याक्सिन लगाएपछी यस्तो असर देखिएको दाबी

Author Image
शुक्रवार, जेठ २८, २०७८

कोरोना भ्याक्सिनको असरको विषयमा विभिन्न प्रकारका कुरा आइरहेका छन्, कतिलाई भ्याक्सिन लगाएपछि ज्वरो आउँछ, कसैलाई आउँदैन । कतिलाई अरु पनि महसुस हुन्छन्, कतिलाई केही पनि फरक लाग्दैन । तर भ्याक्सिनको असरको विषयमा भारतको नासिकका एक व्यक्तिले निकै चकित पारिदिने दाबी गरेका छन् ।

नासिकका अरविन्द सोनारका अनुसार भ्याक्सिनको दुई डोज लगाएपछि उनको शरीरले चुम्बक झैं काम गरिरहेको छ । तर जानकारले भने भ्याक्सिनेसनका कारण यस्तो हुन नसक्ने बताए । अरविन्द सोनारले आफ्नो दाबीको वास्तविकता व्यक्त गर्नका लागि एउटा भिडियो सोसल मिडियामा पोस्ट गरेका छन् जसमा उनको शरीरमा सिक्का र फलामका सामान टाँस्सिएको देखिएका छन् । यो भिडियो सोसल मिडियामा भाइरल भएको छ ।

उनले भने, ‘म आफ्नो छोरासँग यत्तिकै कुरा गरिरहेको थिएँ । मैले कुराकानीकै बीच एउटा यस्तो खबरबारे कुरा गरे जसले मलाई चकित बनायो । छोराले भ्याक्सिन लगाएपछि मानिसको शरीरमा स्टिलका वस्तु टाँस्सिन थाल्छन् भन्यो र होला त भनेर हेर्दा त मेरो पनि त्यस्तै भइरहेको थियो ।’

सोनारका अनसार उनले चार पाँच दिन अघि एक नीजि अस्पतालमा कोभिड भ्याक्सिनको दोस्रो डोज लिएका थिए र उनलाई कुनै प्रकारको समस्या देखिएको थिएन ।

के भन्छन् जानकार ?

अरविन्द सोनारले कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज मार्च ९ मा लिएका थिए र दोस्रो डोज जून २ मा । १० वर्ष अघि उनको बायपास शल्यक्रिया भएको थियो । दुई वर्षदेखि उनको मधुमेहको उपचार चलिरहेको छ । जब अरविन्द सोनाको शरीरमा फलाम र स्टिलका चिज टाँस्सिन थाले तब उनले आफ्ना डाक्टरलाई यसबारे बताए ।

सोनारको दाबी कति वास्तविक हुनसक्छ, यो बुझ्नका लागि बीबीसी मराठीले अन्धश्रद्धा निर्मूलन समितिका डाक्टर हामिद दाभोलकरसँग कुराकानी गरे । डाक्टर दाभोलकरले भने, ‘शरीरमा सिक्का र भाँडाकुँडा टाँस्सिनु भौतिक विज्ञानको हिसाबले सम्भव छ । यदि छाला ओसिल छ र टाँस्सिनले स्थानमा भ्याक्यूम क्याभिटी बनेको खण्डमा यो सम्भव छ । तर यसलाई खोपसँग जोड्नु सही होएन । हामीसँग काम गर्ने थुप्रै मानिसहरुले यस्तो दाबीको वास्तविकतालाई उजागर गरिरसकेका छन् । ’

दाभोलकरका अनुसार खोप अभियान कोरोनाविरुद्ध महत्वपूर्ण हतियार हो । यस्तोमा यसको विषयमा कुनै पनि सनसनीखेज दाबीबाट बच्नुपर्छ । जेजे मेडिकल कलेजका डीन डा. तात्यारावे लहानेले पनि सोनारको दाबी खारेज गरेका छन् ।

उनले भने, ‘संसारभरी एक अर्बभन्दा मानिसलाई भ्याक्सिन दिइसकिएको छ । कोभिड भ्याक्सिन र शरीरमा स्टिल र फलामका सामान टाँस्सिनुमा कुनै सम्बन्ध छैन । यसलाई भ्याक्सिनसँग जोडेर हेरिनु हुँदैन । भ्याक्सिनमा त्यस्तो कुनै पनि चिज हुँदैन ।’

दाबीको अनुसन्धान हुनेछः

नासिकका जिल्ला चिकित्साधिकारी डा. अशोक थोराटले बीबीसीसँगको कुराकानीमा यसबारे आफूलाई सोसल मिडियामार्फत् जानकारी भएको बताए । उनले भने, ‘हामी यसबारे अनुसन्धानका लागि विशेषज्ञ दल पठाइरहेका छौं । त्यसपछि सरकारलाई आफ्नो रिपोर्ट दिनेछौं । त्यसपछि सरकारी निर्देशनका अनुसार यसलाई हेरिनेछ ।’

अशोक थोराटले कोरोना भ्याक्सिनले यस्तो प्रकारको कुरा हुनै नसक्ने बताए । उनले भने, ‘हालसम्मको मेडिकल करियरमा यस्तो केस कहिले पनि देखिएको थिएन । सोनारको शरीरमा आएको यो परिवर्तनबारे थाहा पाउन महत्वपूर्ण छ । यो एक अनुसन्धानको विषय हो ।’

हुन त सोनारको दाबी सार्वजनिक भएपछि इन्डियन मेडिकल असोसिएशनका सदस्य समिर चन्द्रारातेले कुनै व्यक्तिको शरीरबाट धातु टाँस्सिनुको अध्ययन धातु वैज्ञानिकले पनि गर्नुपर्ने बताएका छन् ।

समिर चन्द्रारातेले भने, ‘यसको कोभिड भ्याक्सिनसँग कुनै लेनादेना छैन । भ्याक्सिन लिएपछि दुखाई ज्वरो आउन सक्ला । यसबाहेक यस्ता कुरा हुन्छन् भने यसलाई भ्याक्सिनसँग जोड्न मिल्दैन । यस्ता अफवाहले खोप अभियान प्रभावित हुनेछन् । भौतिक वैज्ञानिक र धातु वैज्ञानिकले यस्ता मानिसहरुको शरीरमा धातुजन्य पदार्थ कसरी टाँस्सिन्छन् भनेर अध्ययन गर्नुपर्छ ।’

बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर