Aamsanchar

मेचीनगरका दलको प्रश्न ? भ्रष्टचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा मेचीनगरपालिका असफल भएकै हो त ?

Author Image
शुक्रवार, जेठ २८, २०७८

मेचीनगर  । दैनिकजसो चर्चामा आइरहेको मेचीनगरको खोला दहनको विषयमा शुक्रबार नगरमा क्रियाशील पाँच राजनीतिक दलले संयुक्तरुपमा नगरपालिकामा गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाए छन् ।

नेपाली काँग्रेस काँग्रेस १ नम्बर क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले नगर प्रमुखलाई ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नदीजन्य पदार्थको उत्खनन् र बिक्री वितरणमा अधिकारको दुरुपयोग गर्दै अनियमित ढंगले नदीको दोहन गरेको, फर्जी रसिद प्रयोग गरी भ्रष्टचार गरेको सन्दर्भमा विभिन्न राजनैतिक दल संघ संस्थाहरुले गम्भीरतापुर्वक ध्यानाकर्षण गराउदैं सर्वपक्षिय अनुगमन गरेर सत्यतथ्य छानविन गरी वास्तविकता सार्वजनिक गर्न र दोषीलाई कारवाहीको दायारमा ल्याउन आग्रह गरिएको छ ।

नगरप्रमुखकै नेतृत्वमा उपप्रमुख, प्रशासकिय अधिकृत, नगरपालिकाको प्राविधिकसहितको सर्वदलिय सर्वपक्षिय टोलीले स्थलगत अनुगमन गरेको उल्लेख गदैं बुझाईएको ज्ञापन पत्रमा आइइ गरेको क्षेत्र र मापदण्ड आदि पर्वाह नगरी अत्याधिक परिमाणमा उत्खनन् गरेको प्राविधिक नापजाँचबाट पुष्टि भएको उल्लेख गरिएको छ । निषेधाज्ञाको समयमा सबै घर भित्रै रहेको मौका छोपेर खोलाको चरम दोहन गरेको गराइएको र ठूलो धनराशी हिनामिना भएको ठहर भईसक्दा पनि दोषीलाई कारवाही गर्ने, ठेकेदारलाई जरिवानासहित असुल उपर गराउने, अवज्ञा गरे कालो सूचीमा राखेर सार्वजनिक गर्नुपर्नेमा कथित तथ्याङ्क प्रस्तुत गदैं मुल्याङ्कन गर्ने र सम्झौता विपरित कार्य गर्ने ठेकदारलाई उन्मुक्ति दिने कार्यले नगरबासीलाई आश्चार्य तुल्याएको ज्ञापन पत्रमा भनिएको छ ।

सर्वपक्षिय अनुगमन गर्दाको तथ्याङ्कलाई गलत सावित गदैं अनियमितता र भ्रष्टचारीलाई ढाकछोप गर्ने उद्घेश्यले तथ्याङ्क प्रस्तुत गदैं सार्वजनिक गरेको आरोप लगाउदैं भ्रष्टचारीलाई उन्मुक्ति दिन कार्य भएको ज्ञापन पत्रमा उल्लेख छ ।

फर्जी वील प्रयोग गरेर लाखौँ रकम हिनामिना गरेको ६ महिना वितिसक्दासम्म छानवीन भईनसक्नु र मिडिया मार्फत खबरदारी गर्दा मात्रै तदारुकता देखाएको जस्तो गरी अख्तियार दूरुपयोग भएको ठहर गदैं अख्तियार अनुसन्धान आयोग गुहारेको जनाइएको छ । ज्ञापन पत्रमा अख्तियार दूरुपयोग भयो भन्ने निश्कषृमा पुग्न सक्ने तर कस्ले र किन गर्यो भनेर यकिन गर्न नसक्ने भन्दैं सत्यतथ्यका लागि केले र किन रोक्यो भनेर नगरपालिकालाई प्रश्न गरिएको छ । भ्रष्टचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने सन्दर्भमा नगरपालिका असफल भएकै हो त ? दलको प्रश्न छ । आर्थिक वर्ष २०७७÷७८ मा नदीजन्य सामग्री उत्खनन् सन्दर्भमा भएका गैरकानूनी उत्खनन्, आर्थिक हिनामिना, फर्जी रसीद समेत प्रयोग गरि भएको करोडौँ हिनामिना र भएको सत्य तथ्य स्वेतपत्र मार्फत नगरवासीलाई अविलम्ब जानकारी गराउन र दोषी जो भएपनि तत्काल कारवाहीको दायरामा ल्याउन ज्ञापनपत्रमार्फत नगरपालिकाको ध्यानाकर्षण गराईएको छ । यदि नगरपालिकाले त्यसो गर्न नसके अन्यथा नगरका क्रियाशिल राजनीतिक दलहरुले आफै अग्रसरता देखाएर अघि बढ्ने चेतावनीसमेत दिइएको छ ।

ज्ञापन पत्रमा नेपाली काँग्रेस काँग्रेस १ नम्बर क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष पुष्प गुरगाई, जनता समाज पार्टी मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपा मेचीनगर अध्यक्ष सविना बजगाईले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा नगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा, नगरका पाँचै दलका प्रमुख र नेता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर