Aamsanchar

कोरोना नियन्त्रणकालागि हेफर इन्टरनेशनलद्वारा अर्जुनधारालाई आठ लाख सहयोग

Author Image
सोमवार, जेठ ३१, २०७८

अर्जुनधारा । हेफर इन्टरनेशनल नेपालले अर्जुनधारा नगरपालिकालाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सहयोग पुगोस भन्ने उदेश्यले हेफरले सोमवार उपलब्ध गराएको चेक नगरपालिका मेयर हरिकुमार राना र उपमेयर कमला खतिवडालाई प्रदान गरेको हो ।

संविधानसभा सदस्य तथा अभियान नेपालका अध्यक्ष प्रेमबहादुर गिरीले नगरका मेयर तथा उपमेयरलाई आठ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । अर्जुनधाराको अभियान नेपाल र हाम्रो स्वालम्वी सामाजिक उद्योगी महिला सहकारी संस्थाको समन्वयमा रकम उपलब्ध भएको हो ।

नगरका मेयर रानाले चेक लिदै उक्त रकम नगरको अहिले सञ्चालनमा रहेको आइसियुलेशनलाई सरुवारोग अस्पतालका रुपमा विउ पुँजीका रुपमा सञ्चालन गरिने बताए । उनले सरुवा रोग अस्पताल सञ्चालनका लागि नगरसभाबाट पारित गरिने जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर