Aamsanchar

कोभिड अवस्था बारे भोक्राहा र कोशीमा अनुगमन

Author Image
सोमवार, जेठ ३१, २०७८

इनरुवा । सुनसरी जिल्ला स्तरिय कोभिड–१९ द्रुत प्रतिकार्य समूहले सोमबार भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा नागरिकको अवस्था र कोरोन संक्रमितहरुको अवस्थाको बारेमा अनुगमन गरेको छ ।

समूहले कोरोना कहरमा नागरिकको गुनासो सुन्ने र कारोना संक्रमित तथा संक्रमित परिवार तथा पीडितको अधिकार रक्षाको वकालत गर्ने क्रममा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा भोक्राहा नरसिंह स्वास्थ्य शाखा प्रमुख आलम अंसारीसंग गरिएको छलफलमा दिएको जानकारी अनुसार भोक्राहा नरसिंहमा कोरोना संक्रमित हुने दर पूर्ण न्युन भएको छ ।

आलमले समूहलाई दिएको जानकारी अनुासार हालसम्म ६६ जना संक्रमित भएकोमा चार जनाको मृत्यु भएको छ । यहाँ ४० जना पुरुष र २६ जना महिला संक्रमित भएकोमा तीन पुरुष र एक महिलाको मृत्यु भएको भने हाल तीन जना पुरुष र चार जना महिला संक्रमित होम आईसोलेसनमा बसेका छन् । आजसम्ममा भोक्राहा नरसिंहमा कुल संक्रमित मध्ये ३४ पुरुष र २१ महिला गरि ५५ जना कोरोना मुक्त भएका छन् ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताका अनुसार गाउँपालिकाले कोरोनाबाट निधन भएको परिवारलाई दशकर्म खर्च वापत १५ हजार रुपियाँ वितरण गरिएको छ । गाउँपालिकाले दोस्रो भेरियन्टको कोरोना कालमा स्वास्थ्यकर्मीहरुको रयापीट रेस्पोन्स टिम निर्माण, सिआईसिटी निर्माण, कारोना रोकथाम तथा नियन्त्रण व्यवस्थापन समिति निर्माण, पीसिआर परिक्षण र प्रत्येक विहीबार इन्टिजेन्ट प्रविधिको परिक्षण, प्रत्येक पोजेटीभहरुलाई प्रतिरक्षा प्रणाली बढाउने, शक्ती वद्र्धक औषधी वितरण गरेको जनाएको छ ।

कोरोना पोजेटीभ भएकाहरुलाई स्वास्थ्यकर्मी सहित वडा अध्यक्षहरुले हेरचार गर्ने, अवस्था बुझ्ने र प्रोत्सहान गर्ने काम गर्दै आएको कोरोना रोकथाम तथा नियन्त्रण व्यवस्थापन समितिका संयोजक तथा ४ नम्बर वडा अध्यक्ष हारुन अंसारीले जानकारी दिनभुयो ।

समूहले गाउँपालिकाको अवस्थाका बारेमा कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहतासंग पनि जानकारी दिएको थियो ।
समूहले कोरोनाबाट बच्ने उपायका बारेमा पालिका तहमा नागरिक सचेतनामुलक अभियान समेत गर्दै आएकोमा दुई पालिकाका नागरिकलाई प्रत्यक्ष रुपमा भेटघाट र स्ंवास्थ्य संस्थामा अनुगमन गरिएको संयोजक मेघराज न्यौपानेले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा सरोकारबालाहरु सहित स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा केही ढिला सुस्ती रहेको जानकारी आएपनि स्वास्थ्य शाखाले भने राम्रो काम भएको प्रतिकृया दियो । समूहले जिल्लाको दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका सहित १२ वटै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा अनुगमन गर्ने क्रममा चार पालिकामा अनुगमन सम्पन्न गरेको जनाएको छ ।
समूहले कोशी र भोक्राहा नरसिंह गाउँपालिकाको १ देखी ८ नम्बर वडासम्मका नागरिक सरोकारबालाहरुसंग निषेधाज्ञाको अवस्था, त्यसको असर र आईसोलेसनमा बसेको शिलसिलामा भोगेको भोगाईको बारेमा जानकारी लिएको छ ।

संयोजक न्यौपानेका अनुसार यस समूहले कोरानाको असर मानव सहित मानव समुदायमा शिक्षा, स्वास्थ्य, खाध्य, रोजगार, जनजिवनको बारेमा जानकारी सहितको अध्ययन गर्ने र सम्बन्धीत निकायलाई ध्यानाक्रर्षण गराउने काम भएको हों । सोही क्रममा भोक्रहा नरसिंह र कोशी गाउँपालिकामा अनुगमन गरिएको हो । समूहले गरेको अनुगमन, संक्रमित, संक्रमितका परिवार र स्थानीय सरोकारबालाहरु तथा सरकारी निकायका सेवाग्राहीहरुसंगको प्रत्येक्ष भेटघाट, अन्तरवार्ता लिने क्रममा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा सहित विभिन्न शाखा तथा निकायहरुसंग भेटघाट गरेको छ । आईसोलेसन, होम आईसोलेसन सहित वडामा वडा अध्यक्षहरु, सदस्यहरु, विभिन्न विषयगत शाखाहरु, राजनीतिक दल, जनप्रतिनिधि, सहकारी संस्था, गैरसरकारी संस्थाहरु पशु तथा कृषि र कृषक समूहको स्थिती बारेमा जानकारी लिएको छ ।

समूहले कोशीका अध्यक्ष ऐयुव असांरी, उपाध्यक्ष अनित देवी यादव, वडा अध्यक्ष राजकुमार साह, रामचन्द्र महतो, द्रोपती साह सहित र भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासयिक अधिकृत रामचरित्र मेहता, कार्यावाहक अध्यक्ष पुनम कुमारी मेहता, स्वास्थ्य शाखा प्रमुख आलम अंसारीसंग भेटभाट गरेको गरेको थियो । अनुगमनमा समूहका जिल्ला संयोजक मेघराज न्यौपाने, सदस्यहरु सरिता कार्की घिमिरे, नईम अंसारी र जयकृष्ण यादव सहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर