Aamsanchar

क्षण भरमै मेलम्ची बजार नदीमा परिणत (फोटो फिचर)

Author Image
बिहिवार, असार ३, २०७८

लगातार वर्षासँगै आएको बढको बाढीको कारण मेलम्ची बजारको केही भाग डुवानमा परेको छ । मानवीय र भौतिकमा ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । मेलम्ची खोलाले बस्तीका घरहरु डुबान परेका छन भने पुल, कल्भडहरु बगाएको छ ।

जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई वटा पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर टहराहरु बगेको विवरण छ ।


हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको जनाकारी प्राप्त भएको छ ।


भेल बाढी घरमा पसेपछि बजार क्षेत्रमा स्थानीय बासिन्दा सुरक्षित स्थानमा सरिरहेका छन् । उनीहरूले घरभित्र रहेका अत्यावश्यक सामग्री निकालेर सडकमा राखेका छन् । त्याहाँका बासिन्दाहरुलाई सुरक्षित स्थानमा पु¥याउन नेपली सेना, प्रहरी, रेडक्रसकर्मीहरु खटिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर