Aamsanchar

निम्न अवस्थामा पानी खानु हुँदैन

Author Image
शुक्रवार, असार ४, २०७८

सचेत नागरिकहरुले समयको तालिका नै मिलाएर पानी खाने गर्ने गर्छन् । पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन कल्पना गर्न सम्म सकिँदैन ।अझै पनि धेरैजना प्यास लाग्दा मात्र पानी खाने अरुवेला खोजीनै नगर्ने बानी रहेको हुन्छ । प्यास नलागे पनि हामीले बेलाबेलामा पानी खाईरहनु पर्दछ । तर कतिसम्म र कसरी पानी खाने यो जान्न भने जरुरी हुन्छ ।

आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन ३ लिटर र ठूलो ज्यान भएकाहरूले ४ लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ । यसका साथै निम्न अवस्थामा पानी खानु हुँदैन ।

– दिसा वा पिसाब गरेर आउनासाथ
– दूध खाइरहेको बेलामा
– चिया खादैँ गरेको बेलामा
– चना खाइरहेको बेलामा
– कुनै पनि भोजन गरिरहेको बेला
– भोजन गरी सक्ने बित्तिकै– कतै बाहिरबाट हिँडेर आउनासाथ
– कुनै काम गर्दा बेस्कन थाकेको बेला
– कुनै व्यायाम वा खेलपछि असिनपसिन भएको बेला
– कुनै पनि कडा शारीरिक श्रम गरेर आउनसाथ
– ओच्छ्यानमा पल्टिएको बेला
– व्रत सकिनासाथ एकै पटक धेरै पानी नपिउने

माथि उल्लेखित अवस्थामा बिर्सेर पनि पानी पिउनु हुदैँन । केहि समयपछि र व्रत सकिनासाथ थोरै पानी पिउने र बिस्तारै मात्रा बढाउँदै लानु पर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर