Aamsanchar

रोग प्रतिरोधात्मक क्षमता बढाउन र तौल घटाउन लिची !

Author Image
शनिवार, असार ५, २०७८

गर्मी मौसममा लिची बजारमा सजिल्यै पाउन सकिन्छ । स्वादिष्ट फल लिची पोषक तत्वले भरिपूर्ण हुन्छ । लिचीले रोग प्रतिरोधात्मक क्षमता बढाउन र तौल घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

फ्रि रेडिकल्सबाट बचाउँछ
फ्रि रेडिकल्सले शरीरका कोशिकाहरुलाई बिगार्ने काम गर्छ । जसले गर्दा शरीरमा गम्भीर बिरामीहरु लाग्ने गर्छ । लिचीमा भिटामिन सी र फ्लेवोनोयडले भरपूर हुन्छ । यसले कोशिकाहरुलाई बिगार्नबाट बचाउँछ । लिचीले मुटु, क्यान्सर र आर्थराइटिस जस्ता रोगहरुबाट बचाउँछ । लिचीमा हुने एन्टिअक्सिडेन्टले शरीरमा भएका विषालु पदार्थ बाहिर निकाल्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
लिचीमा हुने भिटामिन सीले शरीरलाई मौसमी संक्रमणबाट बचाउँछ । साथै, पुराना रोगहरुसँग लड्ने क्षमता पनि बढाउँछ । भिटामिन सीले रक्तकोशिकाहरु उत्पादन गर्ने र रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउँछ ।

स्ट्रोकको खतरा कम गर्छ
लिचीमा सोडियम र कोलेस्ट्रोल नहुने भएकाले यसले मुटुमा आउने रोगहरु, उच्च रक्तचाप र एथेरोस्क्लेरोसिस जस्ता रोगहरुको सम्भावना कम गर्छ ।

लिचीमा भिटामिन बी३ हुने भएकाले कॉलेस्ट्रोल प्रणालीलाई नियन्त्रण गर्छ । यसले सकारात्मक कॉलेस्ट्रोललाई बढाउँछ र हानिकारक र रगतमा ट्राइग्लिसराइड्स र नकारात्मक कॉलेस्ट्रोल कम गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर