Aamsanchar

झापाका अनिल फोटो गुडस् र निर्माण व्यवसाय छोडेर कन्याममा गोब्रे च्याउ खेतीमा व्यस्त

Author Image
शुक्रवार, असार ११, २०७८

‘काम पाईएन, रोजगारीको अबसर छैन, यहाँ केही हुदैन भन्दै स्वदेशमै सम्भावनाको खोजी नगरी रोजगारीको लागि विदेशीने युवाहरु नेपालमा धेरै छन् । अर्काको देशमा गएर रातदिन कडा श्रम गरेर कमाएर ल्याएको धनले एउटा घर बन्ला, एउटा भिट्टा जोडिएला त्यस पछि दैनिक चल्नको लागि आर्थिक चपेटा उस्तै, अनि फेरी विदेश मै श्रम बेच्दा बेच्दै जीवनको शुन्दर समय परिवारबाट टाढा रहेर बित्छ, त्यसपछि आफ्नो देश आयो फेरी व्यरोजगारीको समस्या उस्तै, विदेशमा केहीको राम्रो भएको होला तर सबैको राम्रो हुदैननी त्यसैले म जे गर्छु आफ्नै ठाउँमा गर्छु म सन्तुष्ट छु’ यो भनाई झापा बिर्तामोडका अनिल खरेलको हो ।

एक दशक अघी बिर्तामोडमा फोटो गुड्सका समाग्री बिक्रेता भएर नाम कमाउन सफल बनेका खरेलले प्रविधीमा आएको परिवर्तन संगै फोटो क्षेत्र सुस्ताउन थालेपछि निर्माण व्यवसाय तर्फ आफूलाई अघी बढाए, त्यो पेशापनि चुनौती र जोखिम युक्त भएको भन्दै यतीवेला कृषि क्षेत्रमा व्यवसायिक सम्भावनाको खोजिमा पूर्वको पर्यटकिय स्थल कन्याम पुगेका छन् ।

विगत पाँच महिना देखि च्याउ खेती तर्फ आर्कशित बनेका खरेल पूर्वमा ठुलो परिणाममा गोब्रे च्याउ खेती गर्न चिसो ठाउँको खोजीगर्दै कन्याम पुगेका हुन् ।

गोब्रे डल्ले च्याउ चिसो हावापानी भएको ठाउँमा उम्रने भएकाले यसलाई पहाड, उपत्यका वा तराईमा मौसम अनुसार खेती गर्न सकिन्छ । हुन त बतानुकुलित कोठाहरुमा पनि यसको खेती बाह्रै महिना गर्न सकिन्छ । तर यसका लागि नेपाली लगानी धेरै गर्नुपर्ने भएकाले नेपालमा अहिले सम्म मौसम अनुसार नै यो च्याउको खेती हुदै आएको छ । डल्ले च्याउ खेती गर्नको लागि स्थान अनुसार मौसम मिलाएर कम्पोष्ट मल तयार गर्नु पर्दछ । तयारी कम्पोष्ट मलबाट काठको चाङ बनाएर प्लास्टिकको पोकामा च्याउ खेती गरिन्छ ।

कोठाका तापक्रम शुरुमा तीन हप्तासम्म २२–२५ डिग्री सेल्सिएस र सापेक्षिक आद्रता ८०–८५ प्रतिशत राख्ने र त्यसपछि १५–१८ डिग्री सेल्सिएस र सापेक्षिक आद्रता ८०–९० प्रतिशत हुने गरी तापक्रम मिलाएर खेती गर्न सकिने च्याउ कृषक खरेलले बताए ।

च्याउ को व्याड माटोले ढाकेको ३ हप्ता पछि च्याउ टिप्न लायक हुन्छ । च्याउ टिप्दा बोटलाई समातेर एकातर्फ बटारी हल्कासँग टिप्नु पर्दछ । च्याउ टिपेपछि जरा हटाई उपचार गरिएको माटोले पुनः पुरी हल्का पानी दिनुपर्दछ । एक पोका (वल)मा १० किलोे कम्पोष्ट मल, माथीबाट नरिवलको जट्टा, खरानी २ केजी राखेर गरेको खेतीमा एउटा वलमा २ देखि ३ केजी सम्म ताजा गोब्रे च्याउ उत्पादन हुने खरेल बताउछन् ।
भारतको विभिन्न स्थानमा च्याउ खेती तालिम लिएर आएका खरेलले पहिलो चरणमा परिक्षणको रुपमा ४ हजार पोका (वल)च्याउ लगाएका छन् । करिव २० लाख रुपैयाको लगानीबाट सुरु गरिएको गोब्रे च्याउ खेतीबाट सन्तोष जनक उत्पादन हुन सुरु भएको छ । नेपाली बजारमा डल्ले च्याउको माग अत्याधिक रहेको छ । च्याउको माग काठमाडौंमा अझबढी रहेकोले काठमाडौं सम्म आफ्नो उत्पादन पठाउने सोचमा खेती सुरु गरेका खरेलले उत्पादन गरेको च्याउ हाल इलाम, झापा, मोरङ र सुसरीका बजार सम्म मात्र पु¥याउन सकेका छन् । स्थानिय बजारमै माग धेरै हुन थालेकोले काठमाडौं पठाउन नसकेको खरेलले बताए ।

लकडाउकै बेला उत्पादन सुरु भएको च्याउलाई बजार सम्म सहज रुपमा पु¥याउन कठिनाई भएकोले नोक्सान हुने हो की भनेर आफू डराएको तर अब परिस्थिती क्रमस् सहज बन्दै गएको छ, उत्पादन खेर नजानेमा आफू आशावादी रहेको भन्दै खरेलले खुशी व्यक्त गरे । आगामी दिनमा झापामा पनि बतानुकुलित बनाएर खेती गर्ने हौशला मिलेको उनले बताए ।

खरेलको च्याउ खेतीमा नियमित १० जनाले रोजगारी पाएका छन् । च्याउ उत्पादनको समयमा थप ४ जनाले रोजगारी पाएका छन् ।

खरेलले इलामको कन्याम चियाबारी प्रवेश हुने ठाउँमै बनाईएको नयाँ व्यवसायिक घरको अण्डरग्राउण्ड कोठा भाडाँ लिएर च्याउ खेती गरेका छन् । अत्यन्तै स्वादिलो तरकारी डल्ले च्याउ खरिद गर्न उनको खेती स्थलमै पुग्नेको संख्या दिन प्रतिदिन बढदै गएको छ । कन्याम पुगेर फर्कने पर्यटकहरुले पहाडको अग्र्यानिक च्याउ चिजगरेर खरिद गर्ने गरेको खरेल बताउछन् । झापाको बजारमा ४ सय रुपिया प्रति किलो पर्ने डल्ले च्याउ त्यहाँ पुग्ने ग्रहकलाई होलसेल मुल्य ३ सय ५० मै बिक्री गर्दै आएका छन् ।

गोब्रे च्याउका फाईदा

अन्य तरकारीमा जस्तै च्याउमा पाउने एन्टिअक्सिडेन्टले क्यान्सर लाग्न दिँदैन । त्यसैगरी, च्याउमा प्रसस्त मात्रामा पाइने ‘सेलेनियम’ नामको खनिज पदार्थले कलेजोको काममा सहयोग पु¥याएर क्यान्सरजन्य पदार्थलाई शरीरबाट निस्कासन गर्न मद्दत गर्छ । सेलेनियमले रोगप्रतिरोगी क्षमता वृद्धि गर्न सहयोग गर्छ।
च्याउमा पाइने ‘फोलेट’ नामक भिटामिनले शरीरमा वंशाणु तहमा हुने काममा मद्दत गरी क्यान्सर लाग्ने प्रक्रियामा वाधा पु¥याउने देखिएको छ ।
च्याउ यस्तो अचम्मको वनस्पति हो, जसमा भिटामिन डी पनि पाइन्छ । जसले शरीरका विभिन्न काममा फाइदा पु¥याउँछ । भिटामिन डीले च्याउमै पाइने फस्फोरस र क्याल्सियमको पाचन प्रक्रियामा मद्दत पु¥याउँछ । तसर्थ हड्डीको समस्या भएका र वृद्धहरुले च्याउलाई घाममै सुकाएर खाएमा धेरै लाभ लिन सक्छन् ।

च्याउमा केही मात्रामा ‘आइरन’ पनि पाइन्छ, जसले हाम्रो शरीरको सोस्न सक्ने क्षमतालाई बढाउँछ । तसर्थ च्याउको सेवनबाट रक्तअल्पता भएका व्यक्तिलाई फाइदा पुग्छ ।
च्याउमा प्राकृतिक रुपमै ‘इन्सुलिन’ पाइन्छ । चिल्लो पदार्थ र कलेस्टेरोल नहुने भएकाले चिनीरोगीका लागि च्याउ उपयुक्त आहार मानिन्छ ।
त्यसैगरी, यसमा पाइने ‘बिटा ग्लुकान’ नामक तत्वले रगतमा ग्लुकोजको (कोलेस्टेरोल) मात्रा कम गर्न मद्दत गर्ने अनुसन्धानहरुले देखाएका छन् । बिटा ग्लुकानले रोग प्रतिरोधी क्षमता पनि वृद्धि गर्छ ।
च्याउमा प्रसस्त मात्रामा ‘पोटासियम’ पनि हुनेगर्छ । पोटासियम धेरै पाइने र सोडियम थोरै पाइने भएकाले मुटुरोग र रक्तचापका बिरामीका लागि उपयोगी हुन्छ ।
च्याउमा हाम्रो शरीरमा आवश्यक पर्ने ‘फाइबर’ पनि पाइन्छ । ढुसी प्रजातिमा पाइने फाइबर (बिटा ग्लुकान र काइटिन) ले भोक कम लगाउन मद्दत गर्छ ।
उच्च प्रोटिन र कम कोलेस्टेरोल हुने भएकाले मोटोपना भएका व्यक्तिका लागि च्याउ उपयुक्त खानेकुरा हुन सक्छ ।
यसैगरी, च्याउमा भिटामिन बी पनि प्रसस्त मात्रामा पाइन्छ, जसले हाम्रो शरीरका विभिना काममा मद्दत पु¥याएर हामीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
कुनै पनि एउटा खाने कुरा त्यसमा स्वास्थ्यका लागि के तत्व पाइन्छ भन्ने कुराले महत्वपूर्ण हुनेगर्छ । च्याउ त्यस्तै महत्वपूर्ण खानेकुराभित्र पर्दछ । दैनिक खानामा विभिन्न रङ्गीविरङ्गी फलफूल र तरकारीका साथमा कहिलेकाही रङहीन च्याउलाई पनि समावेश गर्नुपर्छ ।
तर, सबै च्याउ खानयोग्य भने हुँदैनन् । कतिपय च्याउमा मानव शरीरलाई हानी पु¥याउने विषालु तत्व पनि पाइन्छ । विशेषगरी, जंगली च्याउ खाँदा वा टिप्दा ध्यान पु¥याउनुपर्छ । ‘जंगली च्याउ खाएर मृत्यु’ भन्ने समाचार हामीले सुनिरहेकै हौं । तसर्थ, नचिनेका र जंगली च्याउका साटो खानयोग्य च्याउलाई आफ्नो भोजनमा समावेश गरेर धेरैभन्दा धेरै फाइदा लिन  न्युट्रिसन एन्ड डाइटेटिक्समा बिएससी गरेकी प्रविना भट्टराईले सुझाएकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 619

प्रतिक्रिया (०)

सम्बन्धित खबर