Aamsanchar

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव बर्खास्त

Author Image
शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ ।

शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ ९१० को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ ।

सरकारी सेवामा लगातार ९० दिनभन्दा बढी अनुपस्थित भएमा निजामती सेवा ऐन अनुसार भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर