Aamsanchar

पैनीमा डुबेर झापामा २ वर्षीय बालकको मृत्यु

Author Image
आइतवार, असार १३, २०७८

झापा- पैनीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका ४ मैदानघुपाका गोपाल भट्टराईको २ वर्षीय छोरा संयोग भट्टराई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । शनिवार बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा बालक संयोग डुबेका थिए । डुबेर बेहोस भएका उनलाई उपचारको लागी गौरादह स्थित ममता मेडिकल पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । यता घटनाको विषयमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर