Aamsanchar

‘सहकारी एउटा अभियान हो, आर्थिक क्षेत्रको असमान पहुँचमाथिको एउटा ग्रामिण पहुँच बोकेको प्रजातन्त्र हो’

Author Image
शनिवार, असार १९, २०७८

१९औं शताव्दीको अन्ततिर पूर्वी नेपालका तराईका गाँउहरुमा ग्रामिण बिकास बैंकका कर्मचारीहरुको नेतृत्वमा संभवत नेपालको पहिलो सहकारी मोडलको शुरुवात भएको हो । यसै विषयमा हामीले त्यसताका ग्रामिण बिकास बैंकको नेताचोक मोरगं र पछि ग्रामिण बिकास बैंक सोनापुर शाखामा समेत कार्य गर्नुभएकी रुकमीणी आचार्य पोखरेलसंग नेपालमा सहकारीको शुरुवात विषयमा कुराकानी गरेका थियौं । रुकमीणी जी चाँही अहिले क्यानडा टोरन्टोमा बस्नुहुन्छ ।

वहाँका अनुसार बिकासको क्रममा अघि बढिरहेको नेपालमा वित्तिय सेवामा ग्रामिण सेवाग्राहीको पुहँच न्यून बराबर थियो । यस अवस्थामा ग्रामिण महिलाहरुको वित्तिय सेवामा पहुँच बढाउन अनि बिना धितो कर्जा प्रवाह गर्नका लागि ग्रामिण बिकास बैंकको मोडल बरदान सावित भयो । यसरी कर्जा प्रवाह गर्दा गाँउगाँउमा महिलाहरुको समुह बनाएर उनीहरुलाई साक्षर गराई समुहको सिफारिसमा बिना धितो कर्जा प्रवाह गरिन्थ्यो । व्यवसायका लागि लिएको कर्जाको किस्ता प्रतिहप्ता तिर्ने प्रावधान थियो, पछि यहि मोडलको आधारशीलामा उपभोक्ता समिति र अनेक सहकारीहरुको स्थापना भयो । बिकासोन्मुख देशहरुका लागि सहकारीको संरचना अत्यन्त प्रभावकारी छ । रुकमीणी जी लाई धेरै धेरै धन्यवाद ।

नेपालमा सहकारी या भनौ लघुवित्तको शुरुवाती श्रेय भने पूर्वी नेपालको ग्रामीण बिकास बैंकलाई जादँछ, यस बैंकले सन् ९० को दशकको मध्यवाटै पूर्वी नेपालमा सहकारी सुविधा प्रदान गरेको हो । बंगदादेशमा यस सरंचनाको वित्तिय सेवाले समुदाय उत्थानमा व्यापक सहयोग गरेपछि नेपालमा शुरुवात गरिएको हो । दक्षिण एसियाली मुलुकहरु नेपाल, बंगलादेश, भारत र पाकिस्तानसम्ममा यस प्रकारका सहकारी सेवाहरु धेरै छन् । सहकारीको सहज कर्जामार्फत महिलाहरुले सापट पाउने हुँदा महिला उत्थान अनि सशक्तिकरणकालागि पनि सहकारी एउटा अदभुत अस्त्र सावित भएको छ ।

सहकारी एउटा अभियान हो, आर्थिक क्षेत्रको असमान पहुँचमाथिको एउटा ग्रामिण पहुँच बोकेको प्रजातन्त्र हो, एउटा अभ्यास हो ।सन् १९२३ देखि अन्तराष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने चलन छ । सन् १९९५ बाट संयूक्त राष्ट्रसँघले पनि यस दिवसलाई अगिंकार गरेको छ ।

नेपालमा पनि गएका दुई दशकहरुमा सहकारी या लघुवित्त अनि बिनाधितो कर्जा प्रवाह लगायत किस्तामा ऋण लिने, समुदायस्तरमा समुह गठन गर्ने अनि व्यवसाय गर्ने चलहरु बढ्दो छ । ससाना व्यवसाही देखि ठूला उधोगपतिसम्म वचत अनि लगानीको जोखिम न्यून पार्न निश्चित रकम जम्मा गर्ने या थोरै किस्ता नियमित तिरेर ठूला रकम सापट लिने कुराहरुमा संलग्न छन् । सहकारी भन्नाले आर्थिक रुपमा सिमान्तकृत, थोरै आय भएका र अन्य वित्तिय सेवामा पहुँच नभएका व्यक्ति या सामुदायिक समुहलाई प्रदान गरिने वित्तिय सेवा या सहायतालाई बुझाँउदछ है । सहारीको उदेश्य वचत, सापट र जोखिम न्यूनिकरणकालागि बिमा हो ।

अन्य वित्तिय कारोवारका तुलनामा सहकारीको सापट तुलात्मक रुपमा महँगो हुन सक्दछ किनभने समुदायस्तरमा र विनाधितो सम्म पनि कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । यसका बावजुद पनि सरल, सहज अनि समुदायस्तरमै सेवा प्रदान गरिने भएकाले धेरै साना किसान या साना व्यापारीहरुको सहयात्री सहकारी भएको छ ।

नेपालका शुरुवाती सहकारी सेवाका दिनमा धेरै वटा सहकारी सञ्चालकहरु सहकारी सेवाका रुपमा जनसाधरणलाई ठगि गर्दे हिँडेका अनि बचतको दुरुपयोग गरेको सम्म पाइएको हो । अहिले आएर कानुनतः सहकारीलाई बलियो र सहकारी खोल्न राख्नपर्ने धरौटी रकम को कडा पालनासँगै नेपाली सहकारीहरु सुदृढ र पारदर्शी बन्दै गएका छन् ।

महिला समुहहरु, स्थानीय क्लबहरु अनि अन्य सामुदायिक समुहहरु पनि सहकारीका रुपमा बिकास भएका, स्थानीय बिकासका आधार भएका अनि साना उधमीहरुको सहयात्री भएका उदहारण प्रशंसनिय छ है ।

नेपाल गाँउहरुको देश हो र शहरमा दौडने चिल्ला कारहरु भन्दा गाँउमा धुलो उडाउदै हिँड्ने गोरुगाडा, ट्याक्टर र साईकलहरुको लस्करले बिकासको प्रत्याभुती गर्दछन् । गाँउको विकास नै देशको विकास हो, स्थानीय निकायका नवनिर्वाचीत प्रतिनीधीहरुले पनि सहकारीको यो संरचनालाई स्थानीयस्तरमै प्रर्वधन गर्दै पारदर्शीता र सुशासन कायम गर्न मद्धत गरुन् । सहकारी दिवसको शुभकामना ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर